Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा  विद्यार्थी ऋण ‘आजीवन सजाय ? ’

भदौ ४, २०७६ १:२१ मा प्रकाशित
Share on FacebookShare on Twitter

लस एन्जलस, ४ भदौ  – हेली वाल्टर्सलाई कानून विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ । यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनी एक लाख डलरको विद्यार्थी ऋणमा परेकी हुनेछिन् ।

 

वाल्टर्सजस्तै लाखौँ अमेरिकीहरु विद्यार्थीले शिक्षाका लागि अत्यधिक खर्चिरहेका छन् जसले सम्भवतः उनको वयस्क जीवनका अधिकांश हिस्सामा आर्थिक भार थोपर्ने छ । “मलाई के लाग्छ भने विद्यार्थी ऋण भनेको वास्तवमै आजीवन सजाय हो”, क्यालिफोर्नियाकी यी १९ वर्षीया किशोरीले भनिन् । अमेरिकी कलेजका चार करोड ५० लाख स्नातक अध्ययनरत विद्यार्थीहरूको १० खर्ब ६० अर्ब डलरको यो ऋणको बोझले हालैका वर्षहरूमा विस्फोटको रूप लिएको छ ।

 

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बर्नी स्यान्डर्सले विद्यार्थीहरूको सम्पूर्ण ऋण मेटाउने महत्वाकाँक्षी योजना उजागर गरेसँगै सन् २०२० को राष्ट्रपति चुनावी अभियानमा यो मुख्य मुद्दाको रूपमा आएको छ ।

 

“यस वर्ष एउटा सार्वजनिक विश्वविद्यालयबाट स्नातक हुने कुनै पनि व्यक्तिको औसत विद्यार्थी ऋण ३५ हजार डलर भन्दा अधिक हुने अपेक्षा गरिएको छ”, क्यालिफोर्नियाको गैरनाफामूलक संस्था ‘स्टुडेन्ट डेब्ट क्राइसिस’ का कार्यक्रम निर्देशक कोडी हुनानियनले भन्नुभयो । विद्यार्थीलाई सहयोग गर्ने यो संस्थाले विद्यार्थी ऋण सुधारका लागि डट्दै आएको छ ।

 

आधिकारिक तथ्याङ्कअनुसार ७१ प्रतिशत अमेरिकी विद्यार्थीहरू यस्तो ऋणको बोझले थिचिएका छन् । अल्पसङ्ख्यकहरू यसबाट सबैभन्दा बढी मारमा पारेका छन् । “विशेषरूपमा प्रति स्नातक उच्चतम विद्यार्थी ऋणसँगै अश्वेत महिलाहरू सबैभन्दा धेरै प्रभावित समूह हो”, हुनानियनले भन्नुभयो ।

 

केहीका लागि छात्रवृत्ति र वित्तीय सहयोग उपलब्ध भएपनि उच्च शिक्षाको लागत यस्तो छ कि अधिकांश विद्यार्थी आफ्नो ऋण समयमै चुक्ता गर्न असमर्थ छन् । “जब विद्यार्थीले स्कूल छाड्छन्, तिनीहरूलाई ऋण चुक्ता गर्न १० वर्षको समयावधि तोकिएको हुन्छ, तर ठूलो संख्याका विद्यार्थीले २० वा २५ वर्षको समयावधिका लागि अनुरोध गरेको सङ्घीय कार्यक्रमले देखाएको छ”, हुनानियनले भन्नुभयो । उहाँका अनुसार लामो अवधि हुनासाथ ब्याजका कारण ऋणको मात्रा ह्वात्तै बढेर जान्छ ।

 

हुनानियनले उदाहरणको रूपमा आफ्नै अनुभव सुनाउनुभयो । “मसँग ३० हजार डलर विद्यार्थी ऋण थियो, म महिनामा १५० डलरभन्दा बढी तिर्छु र यो सस्तो पुनर्भुक्तानी कार्यक्रमहरू मध्येको एक हो”, उहाँले भन्नुभयो, “मैले त्यसरी ऋण तिर्दा मेरो ऋण वास्तवमा बढिरहेको छ, मैले ब्याज पनि तिर्न सकिरहेको छैन, मैले अझ ऋण घटाउन हरेक महिना तिर्दै आइरहेको छु ।”

 

थुप्रै विशेषज्ञहरूका अनुसार विद्यार्थी ऋणको बोझले दबिएको एउटा परिवारमा दुई पुस्ता हुनु असामान्य होइन । लस एन्जलस नजिकैको पासाडेना सिटी कलेजबाट भर्खरै राजनीति शास्त्रमा दुई वर्षे डिग्री हासिल गरेकी वाल्टर्सको यही अवस्था छ ।

 

यद्यपि उनी ऋण भुक्तानीको प्रस्ट योजना नबनाई त्यो स्कूलबाट एक परोपकारी व्यक्तिले ऋण मिनाहा गरिदिएकाले ठूलो ऋणबाट छुटकारा पाउन सफल भइन् । अब शरद ऋतुमा कानून विषयमा डिग्री हासिल गर्ने आफ्नो अन्तिम लक्ष्यका साथ उनी प्रतिष्ठित र अत्यधिक महँगो क्यालिफिोर्निया विश्वविद्यालय बर्कलेमा प्रवेश गर्नेछिन् ।

 

छात्रवृत्तिबाट सम्मानित भए पनि वाल्टर्सले वार्षिक शुल्कमा करिब २० हजार डलर भुक्तान गर्नका लागि अहिले पनि ऋण लिनुपर्ने बताइन् । “ब्याजदर र साँवा भुक्तानीसँगै यो मूलरूपमा ऋणपछि ऋण, ऋणपछि ऋणको रूपमा बदलिरहन्छ”, उनले भनिन् ।

 

आफ्नी ५८ वर्षीया आमाकै कारण उहाँ विद्यार्थी ऋणको शिकार हुनुभएको हो । “म आफ्नी आमासँग कसरी विद्यार्थी ऋणले मूलरूपमा हाम्रो आर्थिक अवस्थालाई नाजुक बनाइरहेको थियो भन्नेबारे कुरा गर्नेछु”, उनले भनिन्, “तपाइँलाई थाहा छ, हामी छुट्टीमा कहीँ जान सक्तैनौँ, कुनैकुनै बेला मलाई नयाँ स्कूल सत्रका लागि स्कूलबाट केही प्राप्त हुँदैनथ्यो, कहिलेकाहीँ हामीले जन्मदिनको उपहारहरू थोरै पाउँथ्यौँ ।”

 

सन् २०२० मा ह्वाइट हाउस प्रतिस्पर्धामा विद्यार्थी ऋण प्रमुख मुद्दा बन्नेछ भन्ने आफूले अपेक्षा गरेको वाल्टर्सले बताइन् । केही उम्मेदवारहरूका लागि विद्यार्थी ऋणको विषयले केन्द्रीय स्थान पाइसकेको छ ।

 

स्यान्डर्सको ‘क्रान्तिकारी’ प्रस्तावको उद्देश्य सबै विद्यार्थी ऋणलाई समाप्त गर्नु र सरकारी कलेजहरूलाई निःशुल्क बनाउनु हो । साथै उहाँले विद्यार्थी ऋण भुक्तानीका लागि वित्तीय सहयोग गर्नुपर्ने चाहनुभएको छ । “अमेरिकीहरूले वाल स्ट्रिटको उद्धार गरेका थिए”, सन् २००० को दशकको अन्त्यमा आर्थिक मन्दीका क्रममा भएको ‘साह्रै ठूलो विफलता’ का लागि ऋणदाताहरूलाई उल्लेख गर्दै स्यान्डर्सले भन्नुभयो, “अब वाल स्ट्रिटले मध्यम वर्गलाई सहयोग पुर्याउने समय आएको छ ।”

 

अर्की डेमोक्र्याटिक उम्मेदवार एलिजाबेथ वारेनसँग पनि विद्यार्थी ऋण रद्द गर्ने र निःशुल्क सरकारी कलेजको योजना छ । “मेरो बुबा दक्षिणी क्यालिफोर्नियाको अत्यन्त गरिब परिवारमा हुर्कनुभयो”, वाल्टर्सले भनिन्, “उहाँ विश्वविद्यालय जानुभएको एउटा मात्र कारण के थियो भने त्यहाँ पढाइ निःशुल्क थियो ।”

 

तथापि शुल्क मात्र विद्यार्थीहरूको आर्थिक बोझ होइन । उदाहरणका लागि क्यालिफोर्नियामा सार्वजनिक विश्वविद्यालयका लागि वार्षिकरूपमा आवश्यक औसत ३५ हजार डलरको आधाभन्दा बढी त आवास र बस्ने खर्चमा सकिन्छ ।

 

हुनानियनका अनुसार विद्यार्थीहरू आफ्नो व्यावसायिक जीवन शुरु गर्नुभन्दा पहिला अत्यधिक ऋणबाट पीडित हुनु हुँदैन भन्ने सुनिश्चित गर्न त्यस्ता मुद्दालाई सम्बोधन गर्नु महत्वपूर्ण थियो । “विद्यार्थीका लागि पद्धतिले काम गरिरहेको छैन”, उहाँले भन्नुभयो, “यसले लाभदायक, ठूला कम्पनी तथा विद्यार्थी र ऋण लिनेहरुबाट पैसा कमाइरहेकाहरूका लागि काम गर्दैछ ।”

(अनुवादः दिलीप अधिकारी÷कार्यकारी सम्पादक)
(रासस-एएफपी)

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result