काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नै संसद चल्न नदिएको आरोप लगाएका छन् । अध्यक्ष ओलीले सोमबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित एक कार्यक्रममा सत्तापक्षले विपक्षी दलले बोल्न थालेलगत्तै होहल्ला गरेर संसदीय अभ्यासलाई अमर्यादित बनाएको दाबी समेत गरे ।
‘हामी संसद् चलाऔं भन्ने चाहन्छौं तर, संसद् माओवादीको झुट, बेइमानी, फट्याइँ बोल्ने थलो भएको छ,’ ओलीले भने, ‘सुन भनेर पित्तल चढायो भन्ने बकवास गर्ने थलो भएको छ । नचाहिने कुरा गर्ने थलो भएको छ । संसद् भनेको जनताको समस्या र सही र सत्य ल्याउने ठाउँ हो । देशको समस्या ल्याएको ठाउँ हो । गम्भीर समस्या ल्याउने थलो हो ।’
ओलीले अपराधी पृष्ठभूमिका मानिसहरू भूलचुकले निर्वाचित भएर पनि आउने गरेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-