दूरबिन नेपाल
अफगानिस्तानमा दुई अमेरिकी सैनिकको हत्या भएको छ । अफगानिस्तानमा कार्यरत अमेरिकी नेटो मिसनले बुधबार दुई अमेरिकी सेवा दलका सदस्यको हत्या भएको पुष्टि गरेको छ । यद्यपि हत्या कहां कसरी तथा कसले गर्यो भन्ने विवरण अमेरिकी रक्षामन्त्रालय पेन्टागनले सार्वजनिक गरेको छैन । बुधबार मारिने सैन्य कर्मचारीसंगै यो बर्ष युद्धका कारण मारिने अमेरिकी सैनिकहरुको संख्या १४ पुगेको छ । जुन सन २०१४ यताकै धेरै हो । अघिल्लो महिनामात्र अफगानिस्तानको कांधाहर प्रान्तमा दुई अमेरिकी सैनिकको मृत्यु भएको थियो । केहि दिन अघि आतंकवादी समुह स्लामिक स्टेटले अफगानिस्तानको विवाह पार्टीमा आक्रमण गरि ६३ जनाको हत्या गरेको थियो । त्यस्तै सन २०१८मा १३ जना, सन २०१७ मा ११ जना सैनिक मारिएका थिए । अमेरिका र अफगानिस्तानको विद्रोही समुह तालिवानका विच वार्ता चलिरहेको बेला अमेरिकी सैनिकमाथीको हमलापनि तिव्र भइरहेको छ । तालिवानहरुले अफगानिस्तानबाट अमेरिकी सैनिक पुर्ण रुपमा हटनु पर्ने माग गरिरहेको छ भने अफगानिस्तानी सरकार र अमेरिका भने अझै अमेरिकी सैनिकको आवस्यकता रहेको दावी गरिरहेका छन ।






प्रतिक्रिया लेख्नुहोस्:-