राम कुमार सुबेदी
हरेक मत सर्वेक्षणले ट्रम्प पछाडि परेका छन् l यहाँसम्म कि उनलाई समर्थन गर्ने फक्स न्युजले समेत पछाडि देखाई रहेको छ l तर नोभेम्बरमा हुने चुनाबमा गत चुनाबमा झै फेरि बाजी मार्न सक्छन् ट्रम्पले l हो बेरोजगारी बढेको छ l व्यवसाय बन्द छन् l लगभग एक लाख असी हजार मान्छे कोरोनाबाट निधन भैसकेका छन् l अनुसन्धानले तीन लाख मर्ने अनुमान गर्दैछ l पाँच मिलियन भन्दा बढी संक्रमित छन् l कोरोनासगँ सामना गर्न सक्ने क्षमता कमजोर देखिएको छ l रंगभेद, वर्णभेद, अश्वेत र आप्रवासी माथि प्रहरीको दमन, स्वास्थ्य बीमा, अध्यागमन सम्बन्धी ट्रम्प प्रशासनको निर्णयले उनलाई समर्थन गर्ने सँख्या दिनानुदिन घटिरहेको छ l उनको एप्रोबल रेटिङ क्रमश: झरिरहेको छ l
कमला ह्यारिस बाईडेनको रनिंग-मेट भैसकेपछि त झन उनी पराजीत हुने आँकलन गरिँदैछ l तर साँच्चै उनी हार्छन् l बिगतको निर्वाचनमा पनि उनी हार्ने अनुमान गरिएको थियो पोलले पनि त्यही भन्थ्यो l उनी निर्वाचन सभामा हुन् वा डिबेडमा उनको कुरा सुन्दा वा देख्दा र उनको बिगतको व्यबहार र गलत कामकारवाहीले उनले चुनाव अबश्य हार्ने भनिन्थ्यो l एक सभामा त उनले यसो भनेका थिए, “म न्यूयोर्कको फिफ्थ एभेन्यूमा कसैलाई गोली हाने भने पनि मेरा समर्थक वा मतदाता घट्ने छैनन् l” उनले गरेका भद्धा ट्वीट र झूटो कुराका पोका र पुलिन्दाले उनीलाई कसैले मतदान गर्लान् भनेर सोच्नु पनि गलत हुन्थ्यो जस्तो लाग्थ्यो तर उनले जिते l अहिले पनि उनले हार्ने अनुमान गरिँदैछ, पोलले त्यही भन्छ, एप्रोबल रेटिङले त्यही देखाउँदै छ l
भर्खरै भएको डी एन सी कन्भेन्सनमा जो बाईडेन, श्रीमान श्रीमती ओबामा, कमला ह्यारिस, बर्नी स्यान्डर्स, लाइफ लंग रिपब्लिकन जोन केसिक, ९८ बर्षका भियतनाम भेट्रान आदिको सम्बोधन र ट्रम्प माथि गरिएका प्रहारले अब व्हाईटहाउसमा बदलाव देखिन्छ भनेर अनुमान गर्न सकिन्थ्यो l केही रिपब्लिकनहरुले उनलाई मत नदिने घोषणा वा केही रिपब्लिकनहरुले ट्रम्प हराऔँ अभियान लिंकन प्रोजेक्ट नै शुरु गरेको हुनाले अब चाँही ट्रम्प हार्ने भए मलाई पनि लागेको हो तर आउने चुनाबमा उनी जित्न पनि सक्छन् र उनी नहार्न सक्ने केही आधारहरू म यहाँ प्रस्तुत गर्छु l
१ अर्थ व्यवस्था पून सही मार्गमा आउन सक्छ l
अर्थ व्यवस्था सुदृढ हुनसक्छ l उनी व्यापारिक क्षेत्रबाट आएकोले नाफा, आम्दानी, मुनाफा बारे अवगत छ अत उनले देशलाई मन्दीबाट उभार गर्न सक्छन् भन्ने जनतालाई विश्वाश हुनसक्छ l अझै पनि कमजोर अर्थतन्त्रलाई ट्रम्पले नै सवल बनाउन सक्छन् भन्ने धेरै पोलले भन्छ l कोरोना आउनुपूर्व अर्थ व्यवस्था राम्रो पनि थियो l
२ पोल फेरि गलत हुनसक्छ
चार बर्ष पहिले पोलले ट्रम्प विन्सकन्सिन, पेन्सलभानियामा ट्रम्पलाई हिलारीभन्दा पछाडि देखाएको थियो l जात, रंग, उमेर, कलेज र आप्रवासीको पोलमा हिलारी अघि थिईन् तर मतदानमा ट्रम्पले बाजी मारे l अहिले पनि बाईडेनलाई हरेक कोणबाट अगाडि देखाएको छ पोलले तर परिणाम फरक पर्न सक्छ l
३ ट्रम्प जित्नका लागि हर रातदिन खट्न सक्छन्
ट्रम्प धेरैमा तीन घण्टा पनि सुत्दैनन् त्यो उनले राती एक बजे ट्वीट गरेकैबाट थाहा हुन्छ l बाईडेनलाई चुनावी सभामा जान अफ्ठ्यारो होला तर चुनाव प्रचारका लागि ट्रम्पलाई कोरोनाले छेक्दैन l उनी स्वींग स्टेट जन्छन्, पोलमा पछि परेको राज्यहरूमा जान्छन् l कोरा कुरा गर्छन्, विरोधीहरुसगँ कठोर बन्छन् l मुर्खहरू छेऊ पुग्छन् वा सज्जनका सामू पनि ट्रम्प जान्छन् l चुनावी सभामा मतदाता, श्रोता र दर्शकलाई कसरी आकर्शित गर्न सकिन्छ भन्ने थाहा छ उनलाई l जनताको जस्तो मुड छ त्यस्तै बनिदिन्छन् र भनिदिन्छन् l बुढापाकाका कुरा कसरी सम्बोधन गर्ने, युवापुस्तालाई कसरी आफूतिर आकर्शित गर्ने उनीसगँ जुक्ति छ l
४ बाईडेन उनी र उनकै दलभित्र समस्या छ
बाईडेनलाई भर्खरै एकजना उनकै पूर्व कर्मचारीले यौन शोषण गरेको आरोप लगाएकी छिन् l बाईडेन सिनेटर हुँदा यस्तो यौन शोषण गरेको आरोप लगाईन् तर उनले यो आरोपलाई पूर्णत अस्वीकार गरे l बाईडेन मेडिकेयर फर अल भन्ने कुरालाई अझै पूर्णत स्वीकार गरेका छैनन् l बर्नी स्यान्डर्सका समर्थकहरुले अझै चित्त बुझाएका छैनन् झन उनीहरुको वारेनलाई रनिंग-मेट बनाउने चाहनालाई तुसारापात भएको छ यदि यो असन्तोष हिलारीलाई मत नदिए जस्तै वा त्यसरी नै अनुपास्थित भए भने बाईडेनलाई चुनाव जित्न फलामको च्यूरा चपाए सरह हुनेछ l बाईडेनको बोलीमा लगाम छैन, ट्रम्पको जस्तै l त्यसले पनि उनलाई नकरात्मक असर पार्न सक्छ l
५ बाईडेनका मतदाता अनुपस्थित हुनसक्छन्
चुनावलाई व्यबस्थित गर्न सकेन वा कोभिडको कारणले मिलुवाकी वा एटलान्टामा जस्तै लामो लाईनमा घण्टौ बस्नु पर्ने भो भन्ने लागेमा बाईडेन समर्थक मतदानमा अनुपस्थित हुने सम्भावना पनि देखिन्छ l यो नियतबश भोटर सरप्रेसनका लागि गरिन पनि सक्छ l अझै कोरोनाको महामारीमा मतदाता कम उपस्थित हुने सम्भावनालाई कम आँक्न सकिन्न र ट्रम्प पोलमा पछाडि परेका राज्यहरूमा कोरोनाको फण्डा उछालेर भोटर सरप्रेसन गर्न सकिन्छ l
६ अक्टोबर सरप्राईज आउन सक्छ l
चुनाव जित्न ट्रम्पले साम, दाम, दन्डभेद सबै प्रयोग गर्न सक्छन् l उनले दोश्रो स्टिमुलस रकम बाँडेका छैनन्, अन्य राहतका प्याकेजहरु खोलेका छैनन् l शायद यी सबै अक्टोबरमा आउन सक्छन् l कोभिड-१९ को खोप ब्रेकथ्रुको रूपमा अक्टोबर सरप्राईज उपहार आउन सक्छ l
७ पूर्व र वर्तमान प्रहरी, सेनाको समर्थन ट्रम्पलाई गएको छ l
बिगतमा यस्तो भएको थिएन तर यसपल्ट पूर्वले मात्रै हैन बर्तमान प्रहरी र सेनाले विज्ञप्ति नै निकालेर ट्रम्पलाई सहयोग गर्ने भनेका छन् यसबाट ती कर्मचारी मात्रै हैन उनीहरुका आफन्तबाट पनि सहयोग पुग्ने अनुमान गरिन्छ l
८ चुनावी हरेक हतकन्डा प्रयोग गर्न सिपालु छन्
चुनाव जित्नलाई हरेक फण्डा गर्न सक्छन्, अश्वेत कान्ये वेष्टलाई उम्मेद्वार उनले नै बनाएको अनुमान गर्न सकिन्छ l संसदमा आगामी चुनावमा भाग लिने रिपब्लिकन हुन् वा डेमोक्र्याट उम्मेद्वारहरुलाई फकाएर वा तर्साएर आफ्नो पक्षमा पार्ने प्रयास गरे, गर्दैछन् र आगामी दिनमा पनि निरन्तरता दिनेछन् l उनको विरुद्दमा गए हारिने सम्भावना भएकोले समर्थनमा जान वाध्य हुनेछन् l र विगतको निर्वाचनमा उनका समर्थकले जितेका र उनका विरोधीहरुले हारेका प्रसस्त उदाहरण पनि छन् l चुनाबको बेलामा मुद्धा फिर्ता लिने, कैद मिनाह गर्ने परम्परालाई निरन्तरता दिनेछन् l कन्जरभेटिभ न्यायधिस नियुक्त गर्ने उनको काम र विचारले कन्जरभेटिभ मतदातामा राम्रो छाप छोडेको छ l
९ पपुलर मत नल्याए पनि ईलेक्टोरल मतले पहिले जस्तै जित्न सक्छन् l
पहिले पनि उनले हिलारी भन्दा कम पपुलर मत पाएका थिए तर ईलेक्टोरल मतमा अघि देखिए र अमेरिकाको संबिधानले पनि ईलेक्टोरल परिणामबाट राष्ट्रपति निर्वाचित हुने उल्लेख गरेकोले यसपल्ट पनि उनले बाईडेन भन्दा कम पपुलर मत ल्याए पनि ईलेक्टोरल मत बढी ल्याएर बाजी मार्न सक्छन् l
१० अन्तरराष्ट्रिय सम्बन्ध र भोटर फ्रडमा उनी माहिर छन्
चीनको विरुद्धमा जाने तर उत्तर कोरियासगँ सम्बन्ध कायम गर्ने र भारतलाई रिझाउने तर पाकिस्तानलाई नचिड्याउने नीतिले आप्रवासीको मत आकर्शित गर्ने वा चीन बिरोधी अमेरिकी मत आफ्नो पक्षमा पार्ने प्रयास गर्दैछन् l बिगतको चुनावमा रसिया वा अन्य मुलुकका संलग्नता यस बर्ष पनि नहुने देखिन्न l त्यतिमात्रै हैन ईजरायल र यु ए यी बीच ऐतिहासिक सम्झौता गराएर अन्तरराष्ट्रिय कूटनीतिमा आफ्नो प्रभाव देखाएका छन् l युद्ध लडाईं भन्दा अर्थतन्त्रलाई जोड दिनु पर्ने र सेनालाई फर्काउने निर्णयलाई धेरैले उपयुक्त कार्य मानेका छन् l
११ घरेलु समस्या र कमजोरी बिगतको प्रशासन र डेमोक्र्याटलाई थोपरी दिन्छन् l
अहिले भएको प्रदर्शन, लुटपाट डेमोक्र्याटले गरेको भनेर आरोप लगाउँछन्, शासन चलाउन नजाने पछि र बेथिति बढेपछि ओबामा प्रशासनको दोश थोपरिदिन्छन् वा उनको विरासतबाट आएको भन्छन् l डेमोक्र्याटहरूलाई कम्युनिस्टको ट्याग लगाई दिन्छन्, प्रदर्शनकारीलाई एन्टिफा आतंककारी हुन भनिदिन्छन् l अश्वेत र आप्रवासीसगँ कठोर भएर श्वेतहरुको मत तान्ने प्रयास गर्दैछन् l पेण्डामिकमा मेलिंग भोटको औचित्य र आवश्यकतालाई चुनौती दिनु र विरोध गर्नु पनि उनको चुनावी फण्डा रहेको छ l
१२ हिडन ट्रम्प भोटर
यहाँ धेरै साइलेन्ट भोटरहरू छन् जसलाई पोल पोलिटिक्स र पार्टीले भेट्दैन, छुँदैन वा रूचि छैन l ती मतदानको केही समय अघि वा मतदानमा मात्रै देखिन्छन् l मिडियामा आउन नचाहने धेरै मतदाताहरूले ट्रम्पलाई मतदान गर्न सक्छन् l डिसअपियर भोटर जसलाई पोल, पोलिटिक्स र पार्टीप्रति विश्वाश छैन हुन सक्छ नोभेम्बर ३ मा तिनीहरुले ट्रम्पलाई ट्रिक एन्ड ट्रीट गर्न सक्छन् l
यी यस्ता आधार र कारणहरु छन्, अर्को चार बर्ष ट्रम्पलाई हामीले राष्ट्रपतिमा देख्न पनि सक्छौं l
तर कोभिडका कारण देशबासीले भोगेको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक पीडा र जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेर एक लाख असी हजार मान्छेको अनाहकमा ज्यान समेत गएको छ l समयमै समाधानका उपाय मात्रै हैन अगाडि नै सूचना पाएर पनि सतर्कता नअप्नाउनु राज्यको गम्भीर लापरवाही मात्रै हैन दोषी छ l र यो अक्षम्य गल्ती हो l राज्यको नेत्रित्व अहिले बाईडेनले हैन ट्रम्पले लिएका छन् र लाखौंको ज्यान जानु र करोडौ संक्रमित हुनुमा ट्रम्पलाई सोझै दोषी नभएपनि गत बर्षकै शुरुवातमा यो महामारीको सूचना पाएर पनि त्यसलाई हल्का रूपमा लिनु, बेवास्ता गर्नु, सी डी सी को गाइड लाईन्सलाई आफू पनि पालना नगर्नु र देशबासीलाई पालन गर्न अनुरोध नगर्नु मानवीय नैतिक अपराध गरेका छन् र त्यसको बदला जनताले जनमतद्वारा सजाय दिनेछन् र न्यूयोर्क आफ्नो ब्यवसाय हेर्न फर्किने छन् l
(एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष सुबेदी टेक्सास अमेरिका निवासी हुनुहुन्छ ।)
प्रतिक्रिया लेख्नुहोस्:-