काठमाडौं । मेयर बालेन साहले फुटपाथमा ब्यापार गर्न नदिएपछि फुटपाथ व्यापारीले काठमाडौं महानगरपालिका कार्यालय अगाडि नाराबाजी गरेका छन्। उनीहरुले महानगरपालिकाका मेयर बालेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै नाराबाजी गरेका हुन्।
‘सर्वसाधारणको गाँस खोस्न पाइँदैन’, ‘रोजीरोटी खोस्न पाइँदैन’ भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। महानगरले श्रमिकहरूको सम्मान गर्नुपर्ने भन्दै उनीहरूले नाराबाजी गरेका हुन्।
त्यस्तै, श्रमिकको अभिलेखीकरण गरी परिचयपत्र दिनुपर्ने, सरकारकासँगको सम्झौता कार्यान्वयन हुनपर्ने, सडक स्वरोजगार श्रमिकलाई मापदण्ड बनाई व्यवस्थापन गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन्। यसअघि नगर प्रहरीले खोसेका सामान समेत फिर्ता गर्नुपर्ने माग गरेका फुटपाथ व्यवसायीले गरेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-