स्यानफ्रासिस्को अमेरिका अगष्ट २३ । क्यालिफोर्निया राज्यको स्यान्तारोजामा अध्ययनरत एक नेपाली विद्यार्थी डेबिट पाण्डेले फुटबलमा ‘लोभलाग्दो’ सफलता प्राप्त गर्दै आइरहेका छन् ।
सन् २००६ को अगष्टमा नेपलामा जन्मी ४ वर्षको उमेरमा आमाबुबासँगै अमेरिका बसाइ सरेका पाण्डेले विद्यालयस्तरीय प्रतियोगिताहरुमा ‘आश्चर्यजनक र लोभलाग्दो’े प्रदर्शन गर्दै अघि बढिरहेका छन् ।
हाल मण्गोमेटी हाइस्कुल सिनियर (कक्षा १२) मा अध्ययनरत उनले आफू ४ वर्षको उमेरदेखि नै फुटबलमा रमाउने र खेल्ने गरेको बताउँछन् । आफ्ना बुबा प्रदीप पाण्डे पनि फुटबलका महान चर्चित खेलाडी डेबिट बेकह्यामको फयान भएर आफ्नो नाम पनि डेबिट राखेको स्मरण गर्दै भन्छन् ‘फुटबल खेलमा आमा बुबाले सँधै प्रोत्साहन गरिरहनु हुन्छ’ । स्यान्तारोजाबाट खेल्ने गरेका पाण्डेले आफू १४ वर्षको हुँदा १९ वर्ष समूहका विद्यार्थीहरुसँग खेलेका थिए ।
मिडफिल्ड र फरवार्ड दुबै खेलमा उत्तिकै दक्ष पाण्डेले केही समयअघि भएको एमआरसिफ र हिमालयन शेर्पाबीच भएको प्रतियोगितामा उत्कृष्ट गोल गरी ट्रोफी जितेर‘ म्यान अफ द म्याच’ घोषित भएका थिए । यो प्रतियोगितमा उनी सबैभन्दा कान्छा खेलाडी थिए ।
फुटबल खेलकै दौरान पाण्डेले अमेरिकाका ओरगन टेक्सास एरिजोना लगायतका राज्यहरुमा पनि भाग लिई उत्कृष्ट प्रदर्शन गरेका छन् । दुरबीनसँगको कराकानीमा पाण्डेले फुटबलमा आफूले अवसर देखेको अमेरिकमा प्रोफेशनल फुटबल खेलाडी सपना बोकेको बताए । ‘म त नेपालको राष्ट्रिय टिममा चाहन्छु’ पाण्डेले आफ्नो योजना सुनाउँदै भने, ‘म नेपाल र नेपालीको नाम राख्न चाहन्छु’
उनका बुबा प्रदीप पाण्डे छोराको फुटबलप्रेम र लगावबाट सन्तुष्ट छन् । उनी भन्छन् , ‘म आफू फुटबल प्रेमी छोराको प्रगतिबाट सन्तुष्ट छु । ’
प्रतिक्रिया लेख्नुहोस्:-