Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालको लगातार दोस्रो जित

भदौ ८, २०७५ १:५० मा प्रकाशित
नेपालको लगातार दोस्रो जित
Share on FacebookShare on Twitter

काठमाडौँ, ८ भदौ / एशियाकप छनोटको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा फराकिलो जित हासिल गरेको छ ।

आज त्यहाँको स्थानीय ब्लुमफिल्ड क्लबसँग भएको दोस्रो खेलमा नेपाल १७६ रनले विजयी बन्यो । ३२४ रनको विशाल लक्ष्य पच्छ्याउने क्रममा ब्लुमफिल्डले ३८ ओभरमा नौ विकेट गुमाउँदै १३४ रन बनाएपछि प्रकाशमा समस्या आएपछि खेल रोकिएको थियो । त्यसपछि खेल हुन सकेन र नेपालले डक वर्थ लुईस नियमको आधारमा १७६ रनले विजयी बन्यो ।

नेपालका सागर पुनले तीन, ललित भण्डारीले दुई तथा वसन्त रेग्मी, ललित राजवंशी र कप्तान पारस खड्काले समान एक÷एक विकेट लिन सफल भए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै आठ विकेट गुमाएर ३२३ रनको विशाल योगफल तयार परेको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङस खेले । दीपेन्द्रले ९६ बलमा १२१ रन बनाए । यस्तै सागर पुनले ८२ बल खेल्दै ९२ रनको योगदान दिए ।

यस्तै कप्तान पारस खड्काले २३, करण केसीले २६ र अनिलकुमार शाहले १७ रन बनाए । जवाफी ब्याटिङमा उत्रिएको ब्लुमफिल्डले यो समाचार तयार गर्दासम्म १३ ओभर खेल्दै दुई विकेटको क्षतिमा ५५ रन जोडेको छ ।

नेपालले पहिलो अभ्यास खेलमा श्रीलङ्का आर्मी स्पोर्ट्स क्लबलाई बुधबार ६७ रनले हराएको थियो । नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्स क्लबसँग यसकै घरेलु मैदानमा आगामी आइतबार खेल्नेछ । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result