अमेरिका, अगष्ट २४ । न्यूयोर्कस्थित एटलान्टामा एक आमाले आफ्नै दुई सन्तानलाई गोली हानी हत्या गरेकी छिन् । सन्तानको हत्या पछि उनले आफै माथि पनि गोली प्रहार गरेको समाचारमा जनाईएको छ । मार्साको पनि निधन भईसकेको छ ।
एक आमा किन यति सम्म क्रुर भईन भन्ने खुल्न सकेको छैन । ५८ बर्षिय मार्सा इडवार्डले २० बर्षिय छोरी इरिन इडवार्ड र २४ बर्षिय छोरा क्रिस्टोफर इडवार्डको घर नजिकै गोली प्रहार गरेकी हुन् । दुबै जना ग्रीष्मकालीन विदा मनाउन घरमा नै रहेका थिए । विदामा रहेका इरिनले एनविसि ४ टेलिभिजनमा प्रशिक्षार्थी पत्रकारको रुपमा काम समेत गरेकी थिइन ।
एनविसिका सन्ध्याकालि प्रस्तोता स्टेफेन होल्टले इरिनको मृत्यूले सम्पूर्ण समाचार कक्ष नै स्तव्ध भएको बताएका छन् । उनले इरिन पत्रकारिताप्रति लगाव भएको एक असल प्रस्तोता भएको स्मरण गरेका छन् । मार्सा इडवार्डको भने औषधीजन्य सामाग्री वितरण गर्ने व्यवासायमा संलग्न थिइन ।
हत्या गरिनु अघि मार्साले पोष्ट गरेको अन्तिम इन्स्टाग्राममा आफूले एकदमै रमाइलोसँग विदा मनाएको उल्लेख गर्दे आफ्नो दुवै सन्तानको प्रशंसा गरेकी छिन् । मार्साको इन्स्टा अनुसार हत्या गरिनु अघि दुवै सन्तानका साथ मायावी र इटली घुम्न गएका थिए ।
मार्साका पूर्वपति क्रिस्टोफर इडवार्ड नजिककै एक स्थानिय अस्पतालका चिकित्सक हुन् । उनले हाल आफू शोकमा रहकोले प्रतिक्रिया दिन असमर्थता जनाएका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको वताएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-