काठमाडौं । मर्स्याङ्दी बस दुर्घटनामा ज्यान गुमाएकाको शव भारत पठाइएको छ । भारतीय वायु सेनाको जहाजले भरतपुर विमानस्थलबाट उक्त शवहरू लगेको हो ।
चितवन मेडिकल कलेजमा पोस्टमार्टमपछि शनिबार उक्त शवहरू भारत पठाइएको हो। मृतक २७ मध्ये २५ जनाको शव भारतीय वायु सेनाको जाहाजमार्फत पठाइएको हो।
मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि भरतपुर आएकी थिइन्।
प्रतिक्रिया लेख्नुहोस्:-