अमेरिका, २५ अगस्ट/अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को हिजो सम्पन्न चुनावबाट अध्यक्षमा राधेश्याम लेकाली निर्वाचित भएका छन् । विजयी लेकालीले ५७० मत ल्याएका थिए भने उनका प्रत्यासी गोवर्द्धन पुजाले ३५९ मत प्राप्त गरेका थिए ।
उपाध्यक्ष अमेरिकामा शान्तिराम ढकाल ५६८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रत्यासी प्रकाश नेपालले ३६१ मत प्राप्त गरेका थिए ।
समाजको महासचिवमा गणेश घिमिरेले ५९६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी रामप्रसाद खनालले ३४३ मत ल्याएका छन् । सचिवमा लालगोपाल सुवेदीले ५७० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी राज कुमार पुडासैनीले ३५९ मत प्राप्त गरेका छन् । सदस्यहरूमा सानु घिमिरेले ८०६ मत, लक्ष्मी राईले ७४५ मत र अग्नि पराजुलीले ५१३ मत प्राप्त गरी विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्षमा प्रकाश पौडेल माइला यसअघिनै निर्विरोध निर्वाचित भइसकेका छन् भने उपाध्यक्षहरूमा निशा अर्याल (एसिया), भीमसेन सापकोटा (ओसियाना) र सुनिल संगम( युरोप) तथा कोषाध्यक्षमा विकास विष्ट निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-