काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू सभापति देउवासँग मिलेको भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन् ।
उनले आइतबार आफूनिकट नेताहरूसँग बिशालनगरमा रहेको सम्पर्क कार्यालयमा १४ औं महाधिवेशनमा आफ्नो समूहबाट पदाधिकारी र केन्द्रीय सदस्य जितेका तथा केही सांसदहरूसँगको छलफलमा यस्तो बताएका हुन् ।
उपसभापति धनराज गुरूङ, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य बलबहादुर केसी, हृदयराम थानी, दीपक गिरी, सरिता प्रसाईं, प्रतिमा गौतम, किरण यादव, अजयबाबु शिवाकोटी, गोविन्द पोखरेल, दिनेश कोइराला, मुक्ताकुमारी यादव, प्रकाश स्नेही, गणेश लामालगायतसँग कोइरालाले कुराकानी गरेका हुन्।
प्रतिक्रिया लेख्नुहोस्:-