काठमाडौं साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ७९ दशमलव ८८ अंकले घटेर २८९४ दशमलव ५७ को विन्दुमा पुगेको छ ।
केही दिनअघि ३० अर्ब हाराहारी पुगेको कारोबार रकम बिहीबारजस्तै आज पनि १९ अर्ब ७४ करोडमा सीमित भएको छ ।
१८४ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ६० कम्पनीको शेयर मूल्य वृद्धि भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-