काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई बिथोल्ने र भड्काउने प्रयास कुनै पनि हालतमा सफल नहुने जिकिर गरेका छन् ।
टुँडिखेलमा आज आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए।
प्रतिक्रिया लेख्नुहोस्:-