काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा ओमानका विदेशमन्त्री सैय्यद बद्र अल–बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।
उनलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन्।
भ्रमणमा क्रममा दुई देशका परराष्ट्रमन्त्रबीच नेपाल–ओमान सम्बन्धलाई थप बलियो बनाउनेबारे विभिन्न पक्षमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले बताएको छ।
ओमानी विदेशमन्त्रीले भ्रमणमा क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने तालिका रहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-