काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले राजनीतिक दललाई आवेगपूर्ण अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएको छ ।
पार्टीको बिहीबार च्यासलमा बसेको एमाले सचिवालय बैठकले संसदका कतिपय दलहरु खासगरि सत्ताबाट बाहिरिएसँगै विश्वका विभिन्न घटनाक्रमलाई नेपालसँग जोडेर आएका आवेगपूर्ण टिप्पणीहरु र प्रतिक्रियाहरुप्रति आपत्ति जनाउदै मुलुकको संवेदनशील अवस्थाप्रति गैरजिम्मेवार अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले पछिल्लो समय समाजमा अराजकताको प्रवृति देखा पर्न थालेको अवस्थामा सबै दल मिलेर यसको समाधान खोज्नुपर्नेमा बैठकको जोड रहेको बताए । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका साथै एमाले–कांग्रेस सरकारको संक्षिप्त समिक्षा गर्दे सरकारको प्रारम्भीक कामप्रति सन्तुष्ट व्यक्त गरेको ज्ञवालीले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-