अमेरिका, २९, अगस्ट/ अमेरिकाको राजनीतिमा मूलप्रवाहमा प्रवेश गर्ने नेपालीहरूको सङ्ख्या पछिल्लो पटक बढ्दो छ । यसै क्रममा भर्जिनियाको हरन्डन टाउनको काउन्सिल मेम्बरको लागि युवा प्रदीप ढकालले उम्मेदवारी दिएका छन् ।
मेरिल्याण्डको राज्यसभा दौडमा नेपाली अमेरिकन ह्यारी भण्डारी छन् भने मेरिल्याण्डकै ईण्डिया हेड शहरको उपमेयरमा किरण सिटौला विजयी भैसकेका छन् । वासिङ्टन राज्यमा मोहन गुरुङ आयुक्त भएका छन् ।


त्यस्तै गत महिना मात्र नेपाली मुलका सुनिल खनाल वासिंटन स्टेटस्थित और्वनको राष्ट्रिय योजना आयोगमा सन् २०१८ अगष्ट ६ देखि २०२० को डिसेम्बर २० सम्मको लागि सदस्यमा छानिएका छन्। अरु राज्यहरुमा पनि विभिन्न पदमा नेपालीहरू क्रमशः नियुक्त हुने वा विजयी हुने क्रम बढ्दो छ ।







प्रतिक्रिया लेख्नुहोस्:-