दूरबिन नेपाल, न्युयोर्क
बंगाली मुलका अमेरिकी नागरिक जोय चौधरी न्युयोर्कको विधानसभा सदस्यको निर्वाचनमा उमेदवार बनेका छन । पूर्व बंगलादेशी नागरिक चौधरी ३४ नम्बर डिष्ट्रिकबाट उमेदवार बनेका हुन । ३४ नम्बर जिल्ला अन्तर्गत ज्याक्सन हाइट्स, पूर्वी एल्महस्र्ट र उडसाइड लगायतका क्षेत्र पर्दछन । नेपाली समुदायसंग नजिक रहेका काम गरिरहेका चौधरी नेपालीहरुसंग पनि परिचित छन । उनले एशियन अमेरिकीहरुको हितलाई आफ्नो एजेण्डा बनाएका छन । ३५ बर्षीय चौधरी अमेरिकन आर्मीमापनि कार्यरत छन । विद्यार्थी समुहको अध्यक्ष, क्वीन्स काउन्टी योङ डेमोक्रयाट समुहको कोषाध्यक्ष हुंदै हाल काउन्सिल म्यान कोष्टासंग नजिक रहेर काम गरीरहेका छन । साउथ एशियन भोटर एशोसियसनका अध्यक्ष समेत रहेका चौधरी, दक्षिण एशियाली मुलका मानिसहरु बस्ने क्षेत्रबाट निर्वाचन लडेका कारण जित्ने आंकलन गरिएको छ । एल्महस्र्ट हस्पिटल बोर्ड सदस्य नेपाली मुलका यादव बास्तोलाले एशियाली मुलका मानिसहरुसंग नजिक भएका कारण पनि चौधरीले चुनाव जित्ने दावी गर्छन । चौधरीले निर्वाचन जितेमा नेपाली लगायत दक्षिण एशियाली मुलका अमेरिकीहरुको हितमा धेरै काम गर्न सकिने बास्तोलाको विस्वास छ ।
शुरुवाती दिनमा ट्याक्सी चलाउने काम गरेका चौधरीले नेपाली समुदायका लागिपनि धेरै काम गरेका छन । एल्महस्र्ट हस्पिटलमा नेपाली प्रतिनिधि नियुक्ति, माउण्ट एभरेष्ट सडक नामाकरण, ड्राइभिङ लाइसेन्सको परिक्षा नेपाली भाषामा दिन पाउने व्यवस्था गर्न चौधरीको महत्वपुर्ण भुमिका छ ।







प्रतिक्रिया लेख्नुहोस्:-