Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कोभिड–१९ पछिको नयाँ विश्व र नेपालमा महिला नेतृत्व

भदौ १६, २०७७ ३:४५ मा प्रकाशित
Share on FacebookShare on Twitter

 

दूरबिन नेपाल, न्युयोर्क

नेपाली महिला आन्दोलनकी अग्रज तथा प्रजातान्त्रिक नेतृ स्वर्गीय मंगलादेवी सिंहको २४ औं स्मृति दिवसको अवसरमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले एघारौं अन्तर्राष्ट्रिय भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ । “कोभिड–१९ पछिको नयाँ विश्वमा नेपालमा महिला नेतृत्व” भन्ने विषयमा भएको सो कार्यक्रमको अध्यक्षता पुर्व उप–प्रधानमन्त्री, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी केन्द्रीय अध्यक्ष माननीय सुजाता कोइरालाले गरेकी थिइन भने प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री र सांसद माननीय डा. शशाङ्क कोइराला थिए ।

चौबीसौँ स्मृति दिवसमा स्वर्गीय मंगलादेवी सिंहलाई सम्झिंदै फाउण्डेशनले श्रध्दाञ्जली अर्पण समेत गरेको छ । महिला सहभागिताको लागि संघर्ष गर्दै नेपाली महिलाको हक, हित, अधिकारका लागि लड्दै मंगलादेवी सिंह नेपाल महिला संघको संस्थापक सभापति बनेकी थिइन । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले महिला स्वतन्त्रताका लागि स्वर्गीय मङ्गलादेवी सिंहको भूमिका महत्वपूर्ण रहेको बताए । उहाँले महिलालाई अहिलेको अवस्थामा पुर्याउन स्व सिंहको महत्वपूर्ण भूमिका रहेको जनाए । कांग्रेस केन्द्रीय सदस्य एवं फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले १६ वर्षको उमेरबाट महिला, हक अधिकारका लागि लड्ने साहसी महिला मङ्गलादेवीसिंहको योगदान अतुलनीय भएको जिकिर गरिन । संविधानमा महिलालाई ३३ प्रतिशत अधिकार दिए पनि महिलाको अधिकार अझै स्थापित हुन नसकेको, कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीमा महिला पछाडि परेको र यसबारे सरकार तथा पार्टीभित्र छलफल हुनपर्नेमा जोड दिइन ।


काँग्रेस केन्द्रीय सदस्य कमला पन्तले १४ औँ महाधिवेशनमा उमेरका आधारमा भन्दापनि एजेण्डाका आधारमा नेतृत्व चयन गर्नुपर्ने र नेपाली महिलाहरु पार्टीभित्र एक ठाउँमा उभिन सकेमात्र चाहेको अधिकार प्राप्त गर्न सक्नेमा बताइन । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु सरिता प्रसाईँ, डा डिला सङ्ग्रौला र रत्ना शेरचनले महिला आन्दोलनका कारण संविधानले महिलालाई अधिकार दिएको उल्लेख गरे । त्यसैगरी अर्का केन्द्रीय सदस्य किरण यादव, नेपाल महिला संघका अध्यक्ष एवं सांसद उमा रेग्मी, प्रदेशसभा सदस्य विजुला बर्मा, कास्की कांग्रेसका कोषाध्यक्ष लक्ष्मी पाण्डे, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद कि उपाध्यक्ष रबिना थापा, स्वर्गिय मंगलादेवी सिंह सँग नजिक भएर काम गरेकीे महिला नेतृ तुलसा लता आमत्य, जीपी कोइराला फाउण्डेशन युरोपका संयोजक सीता सापकोटा, साईप्रस संयोजक रिता दुलाल, कांग्रेस नेत्री सिर्जना सिंह, ज्योत्सना साउद, नेविसंघका पूर्व महामन्त्री प्रतिमा गौतम, पत्रकार बिमला भण्डारी, महिला उद्यमी निकिता आचार्य, जनसम्पर्क समिति ईजरायलकी प्रथम उपाध्यक्ष दिपिका भुसाल लगायतले महिलालाई नेतृत्वमा ल्याउन सबै महिला एकजुट हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा फाउण्डेशन अमेरिकाका सल्लाहकार डा. राजन पन्तलेपनि आफ्नो धारणा राखेका थिए ।
दुई चरणमा सम्पन्न भएको कार्यक्रमको प्रथम चरणलाई गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले संचालन गरेका थिए भने दोस्रो चरणलाई फाउण्डेशनका अस्ट्रेलिया,ऐडेलेड संयोजक दिलिप कुमार पोख्रेलले संचालन गरेका थिए । अन्तरक्रियाको शिर्षक विदेशबाट बहसः विचार– विमर्श र निष्कर्ष राखिएको थियो ।

 

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result