काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल संगठनको भौतिक सम्पत्तिको पूर्ण संरक्षण गर्न निर्देशन दिएका छन्। उाले आइतबार नेपाल बाल संगठनका पदाधिकारसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा क्रममा यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले संगठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन, संगठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिनसहित गुणस्तरीय शिक्षा दिन पनि आग्रह गरे। उनले भने,‘बाल संगठनका बालबालिकाले हुने खाने परिवारका बालबालिकाले पाए सरह सुविधा पाउनुपर्छ। उनीहरु स्वस्थ्य हुनुपर्छ। उचित शिक्षा र मायाा पाउनुपर्छ। त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ।’
प्रतिक्रिया लेख्नुहोस्:-