काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले अहिले आफ्नो दलले सरकारमा जानुलाई प्राथमिकतामा नराखेको प्रष्टीकरण दिएका छन् । उनले सोमबार पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको बाँके जिल्ला सम्मेलनलाई सम्बोधन गर्दे यस्तो धारणा राखेका हुन् ।
पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासन र समृद्धिका पक्षका काम गर्दा बिचौलियाहरूको डिजाइनमा कांग्रेस–एमालेले रातारात समीकरण निर्माण गरेको गरेको आरोप लगाए ।
प्रतिक्रिया लेख्नुहोस्:-