काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई विवादित अभिव्यक्ति नदिन निर्देशन दिएका छन् । उनले सोमबार मन्त्रालयको नियमित रिपोर्टिङ गर्न पुगेका सञ्चारमन्त्रीलाई यस्तो निर्देशन दिएका हुन् ।
एमालेका उपमहासचिवसमेत रहेका गुरुङले शनिबार प्रेस चौतारीले पोखरामा गरेको कार्यक्रममा बोल्दै प्रहरी समायोजनको विषयलाई लिएर ‘आईजीपीको जिब्रो थुत्नुपर्ने’ अभिव्यक्ति दिएका थिए । सरकारका प्रवक्तासमेत रहेका गुरुङको यो अभिव्यक्ति विवादमा तानिएपछि प्रधानमन्त्रीले सोधपुछ गरेका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-