Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा ‘वोस्टन घोषणा पत्र’ जारी गर्दै नेपाली भाषा साहित्य सम्मेलन सम्पन्न

भदौ १७, २०७६ १:४० मा प्रकाशित
अमेरिकामा  ‘वोस्टन घोषणा पत्र’ जारी गर्दै  नेपाली भाषा साहित्य सम्मेलन सम्पन्न
Share on FacebookShare on Twitter

कृष्णराज खनाल

वोस्टन । वोस्टन घोषणापत्र जारी गर्दै प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन सोमवार वोस्टनमा यहाँ सम्पन्न भएको छ ।

दुइ दिनसम्म सञ्चालित सो सम्मेलनको समापन अवसरमा भानुजयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य दिवसका रुपमा मनाइने, प्रत्येक दुइ वर्षमा अन्तर्राष्ट्रिय भाषा साहित्य सम्मेलन गर्दै जाने, अन्तर्राष्ट्रिय क्षेत्रमा रहेर साहित्य सिर्जना गर्ने साहित्यकारलाई छनोट गरी सम्मान गर्ने र नेपालको भ्रमण वर्ष २०२० लाई दृष्टिगत गरी एकजना नोवेल पुरस्कार विजेता साहित्यकारलाई नेपालमा आमन्त्रण गरी सगरमाथाको आधार शिवीरमा लगेर विश्वसाहित्य सम्मेलन गर्नुपर्ने कुरा पारित भएको छ ।

 

सो सम्मेलनमा आज पाँचवटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
त्यस अवसरमा हिक्मत थापाले अफ्रिकामा नेपाली भाषाको अवस्था र चुनौती र मध्यपूर्वमा नेपाली भाषासाहित्यको अवस्थाका बारेमा अमित चाम्लिंगले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

ताइवानको साहित्यका बारेमा डा. लेखनाथ काफ्ले, जापानको साहित्यको बारेमा प्रकाश पौडेल माइला, सावित्रा लुइँटेल र सुनीता राईले इजरायलको भाषा साहित्य र मोहनराज खनालले म्यानमारमा नेपाली भाषा साहित्यको स्थितिको बारेमा संयुक्त रुपमा एसियामा नेपाली साहित्यः छ देशका अनुभवहरु प्रस्तुत गरिएको थियो ।

 

त्यस्तै गणेश घिमिरेले अष्ट्रेलियामा नेपाली साहित्यको स्थितिका बारेमा कार्यपत्र पठाउनुभएको थियो भने डा. गोविन्दसिंह राउतले नर्थ अमेरिकामा नेपाली साहित्यको इतिहास र आगामी चुनौतीहरु विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । गोविन्द गिरी प्रेरणाले अमेरिकाका बारेमा संक्षिप्त जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी हुन नेपाल र अमेरिकाका विभिन्न राज्य, क्यानडा, अफ्रिका, रुसलगायत विश्वका विभिन्न देशबाट साहित्यकारहरु आउनुभएको थियो ।

 

गैर आवसीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाली भाषा साहित्य उपसमितिको आयोजनामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपालीहरुले आफ्नो पहिचान राख्नुपर्ने कुरामा जोड दिनुभयो ।

 

उहाँले भन्नुभयो हाम्रो पहिचान भन्नु नै भाषा, साहित्य, धर्म र संस्कृति हो, वोस्टनमा यसको जगेर्ना र प्रवर्धन भइरहेकोमा खुसी छु । कुलपति उप्रेतीले पहिचानका लागि विश्वभर नेपालीहरुले गरेको संघर्ष सन्तोषजनक रहेको बताउँदै जहाँ जहाँ नेपालीहरु जान्छन् ती ती स्थानमा नेपाली भाषा साहित्य पुग्छ र त्यसबाट भाषा समृद्ध हुन्छ भन्नुभयो ।

 

उहाँले नेपाली भाषा र साहित्य नेपालभित्र भन्दा बाहिर अझ समृद्ध हुँदै गएकोमा प्रशंसा गर्र्र्दै यसको मूल्यांकन गरिने जानकारी दिनुभयो । उहाँले विदेशमा रहेका नेपाली साहित्यकारलाई कसरी पुरस्कृत गर्न सकिन्छ त्यसबारेमा सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो ।

 

सो अवसरमा प्रज्ञा प्रतिष्ठान काव्य विभागका प्रमुख प्रा.डा.हेमनाथ पौडेलले हामीले हाम्रो भाषा साहित्य बचाउन हरसम्भव प्रयास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

 

त्यसैगरी कार्यक्रममा रुसबाट आउनुभएका उपसमितिका संयोजक एवं कार्यक्रमका सभापति गोविन्दप्रसाद गौतमले विदेशी भूमिमा बसेर कम्युनिटी निर्माण गरेर नेपालको बारेमा सोच्नु सुखद कुरा हो भन्नुभयो । त्यस अवसरमा तृष्णा शर्मा काफ्ले, रमेश पौडेल, ईश्वरी भट्ट, मणि नेपाली पनेरु लगायतले यो सम्मेलनका बारेमा टिप्पणी गर्नुभएको थियो ।

सो अवसरमा कवि तथा कवयित्रीहरुले आज पनि आआफ्नो रचना वाचन गर्नुभएको थियो । अतिथिहरुको सम्मानका लागि साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो भने सहभागी अतिथि तथा अन्य कविहरुलाई पदक पनि वितरण गरिएको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि उप्रेतीले रमेश पौडेलको नेपाली मुक्तकमा नारी हस्ताक्षर, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित अन्तरदेशीय नेपाली कथाहरु र डिस्ट्यान्ट सनरेज् नामक अंग्रेजीमा लेखिएको कथासंग्रहको लोकार्पण पनि गर्नुभयो ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result