Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

किराँत याक्थुङ चुम्लुङको अर्जुन टृष्टि ( लिम्बुवान !

भदौ १८, २०७७ १२:०० मा प्रकाशित
किराँत याक्थुङ चुम्लुङको अर्जुन टृष्टि ( लिम्बुवान !
Share on FacebookShare on Twitter

लोक चेम्जोङ

किराँत याक्थुङ चुम्लुङको विधिवत स्थापना भएको ३२ वर्ष पुगेछ । ३२ औं कियाचु स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यसविचमा नेपालको ऐतिहासिक राजनीतिक परिवर्तनको आन्दोलन, नेपाली आदिवासी आन्दोलन, जातीय पहिचानको आन्दोलन, लिम्बु भाषा, लिपी, संस्कृति संरक्षणमा चुम्लुङको गौरवशाली ऐतिहासिक भुमिकासंगै लिम्बुवानको राजनीतिक मुद्वालाई छैटौं राष्ट्रीय महाधिवेशनद्वारा पारीत गरी चुम्लुङको अगुवाईमा लिम्बुवान स्वयतत्ता प्रप्तिको लागी सबैलाई एकजुट पार्दै अगाडी बढेको चुम्लुङको गर्विलो ईतिहास छ । यद्यपि लिम्बुवान प्राप्त भएको छैन ।


लिम्बुवान राजनीतिक मुद्वा हो, यसलाई राजनीतिक ढंगले टुंग्याउनु पर्छ र राजनीतिक ढंगले प्राप्ति पनि गर्नु पर्छ । नेपालको शत्तासिन तथा ठूला (पुराना) दल ऐतिहासिक पहिचानसहितको लिम्बुवान स्थापना गर्न कुनै हालतमा तयार छैनन् । तर पनि तिनै पार्टीलाई लिम्बुहरूले मतदान गर्ने तथा ति पार्टीका कार्यकर्ता बनिरहेकै छन् । अबको चुम्लुङको भुमिका भनेको ती लिम्बुवान विरोधी पार्टीमा लागेका लिम्बु नेताहरूलाई सामाजिक वहिष्कार गर्नु पर्दछ र लिम्बुवान चाहने राजनीतिक दललाई, सबै लिम्बुवानवासीले समर्थन गरेर एकढिक्का भएर लिम्बुवानको हरेक ठाउँमा स्थानीय, प्रदेश र संघीय प्रतिनिधिमा विजय गराउनु पर्दछ । लिम्बुवान विरोधी, आदिवासी जनजातिको पहिचान विरोधी पार्टीमा लिम्बु समुदायकै केही स्वार्थीहरूलाई ति पार्टीहरूले प्रयोग गरिरहने र हामीले तिनैलाई समर्थन गरेसम्म अहिलेको प्राप्त अधिकार समेत गुम्ने खतरा छ । अबको लिम्बुवान प्राप्ति जनताको मतदान बाट मात्र सम्भव छ । त्यो भनेको लिम्बुवानबादी दललाई लिम्बुवानको सबै तहमा विजय गराउने ।

लिम्बुवानको लागी व्यक्ति होईन नीति प्रमूख हो, जस्तै समावेसी, समानुपातिक प्रतिनिधित्वको लागि राज्यसत्ताको हरेक तह र तप्कामा बराबर हुनु पर्दछ भनेर उत्पीडितहरूले आन्दोलन गर्छ, लिम्बुवानमा सयौं दिन आन्दोलन हुन्छ, परिणामको रूपमा सुवास नेम्बाङ सभामुख हुन्छ र लिम्बुवान प्रस्ताव गरिएको संविधान सभा नै विघटन हुन्छ । सयौ थारूहरू थरूहटको लागि बलिदानी दिन्छन् तर तिनको नाममा गंगा चौधरी जस्ता थरूहट विरोधी पात्र उभ्याईन्छन, रेशम चौधरीहरू जेल चलान हुन्छन । मधेश विद्रोहकै बलमा नेपालमा संघीयता स्थापना हुन्छ तर केही रामवरणहरूको आवरण देखाएर त्यसै त्यो मुद्वा कमजोर हुन्छ । समावेसीको नाममा लोकसेवामा जनजाती कोटाबाट कर्मचारी बने पनि ठाउँमा पुगेपछी तिनैले धाक लाउंछ क्षमता चाहिन्छ भनेर । एउटा लिम्बुले लिम्बुभाषा कक्षा शुरू गर्छ तर अर्को लिम्बु नै उनको पार्टीको निर्देशनमा त्यसविरूद्व मुद्वा हाल्छ ।

त्यसकारण व्यक्ती होईन नीति चाहिन्छ, लिम्बुवान विरोधी सुवास नेम्बाङ भन्दा, लिम्बुवान मुक्ती आन्दोलनका प्रिय भवानी बराल हाम्रो लागी प्रिय हुनुहुन्छ । त्यसैले लिम्बुको मुकुण्डो लगाएको आवरणमा होईन, नीतिमा, सिद्वान्तमा, विचारमा अब देशमा लिम्बुवान स्थापना गर्ने दलमा एकजुट हुनु पर्दछ । लिम्बुवान स्वायत्ता प्राप्तीको आन्दोलनमा सबै लिम्बुवानवासी, देश तथा विदेशमा रहेका तमाम मुक्तिगामी महानुभावहरूमा हार्दिक आव्हान गर्न चाहन्छु । फुटाउ र राज गर को नीतिमा अन्य दलहरू छन् त्यसअन्तर्गत धर्मको नाममा संस्कृतीको नाममा, ऐतिहासिक यकहरूको नाममा विबादहरू गराईदै छ त्यसतर्फ सचेत हुंदै अबको कियाचुको अर्जुन टृष्टि लिम्बुवान हुनुपर्छ । जय लिम्बुवान ।

लेखक नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नाका अध्यक्ष हुनुहुन्छ

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result