काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी उपचुनावमा कुनै राजनीतिक दलसँग पनि तालमेल नहुने बताएका छन् ।
उनले मंगलबार केन्द्रीय कार्यालय च्यासलमा पोलिटब्यूरो बैठक उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
ओलीले उपचुनावबाटै दलहरु एक्लाएक्लै प्रतिस्पर्धा गर्ने अवस्था बनाइने बताए । एमालेका ती पोलिट्ब्यूरो सदस्यका अनुसार ओलीले एमालेले एक्लै लडेर जित्न सरकारले गरिरहेको राम्रो कामको प्रचार र संगठन सुदृढीकरणमा जुट्न निर्देशन दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-