Thursday, May 7, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

“जित्नु या हार्नु स्वाभाविक हो तर म संधै उच्च प्रतिस्पर्धा चाहन्छु ।” मेसी

भदौ १९, २०७७ ८:४७ मा प्रकाशित
Share on FacebookShare on Twitter

दूरबिन नेपाल
पछिल्लो एक महिना यता विश्व फुटवलमा मेसीले बार्सिलोना छाड्ने विषयले ब्यापकता पायो । मिडियामा निकै कम देखिन चाहने मेसीको स्वभावका कारण पनि उनको आन्तरिक इच्छा के थियो । किन उनले बार्सिलोना छाड्ने इच्छा राखे ? के साच्चिनै मेसी बार्सिलोना छाड्दै छन् ? मेसी बिनाको बार्सिलोना कस्तो होला ? भन्ने विषयमा निकै बहसहरु भए । विश्व फुटवलका हस्ती देखी सामान्य खेलप्रेमी दर्शक विचमा यो छलफलको विषय बन्यो । अन्ततः मेसीले गोल डट कम सँग आफ्नो मुख खोलेका छन् । गोल डट सँग गरेको अन्तरवार्ताको भावानुवाद यहां प्रस्तुत गरिएको छ:

गोल डट कम सँगको पछिल्लो अन्तरवार्तामा मेसीले आफु बार्सिलोना छाड्ने निर्णयमा पुगेको तर क्लवले त्यसलाई असम्भव बनाइदिएको बताएका छन् । “जव मैले मेरो श्रीमती र बच्चाहरुलाई बार्सिलोना छोड्ने मेरो इच्छा बारे जानकारी गराएं । जुन निकै क्रुर नाटक जस्तै थियो । परिवारका सवै सदस्य रुन थाले । मेरो छोरा बार्सिलोना छोड्नै मान्दैन । उसको स्कुल परिर्वतन गर्न चाहदैन ।” मेसी ले भने ।

उच्च प्रतिस्पर्धा मेरो चाहना

“खेलमा जित—हार दुवै निकै कठिन हुन्छन् । तर एउटा स्वभाविक छ । म त्यो भन्दा पर हेर्न चाहन्छु । म सवै भन्दा माथिल्लो स्तरमा प्रतिस्पर्धा गर्न चाहन्छु । धेरै उपाधि जित्न चाहन्छु । च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न चाहन्छु । जित्नु या हार्नु स्वाभाविक हो, दुवै कठिन पनि छन् । तर म संधै उच्च प्रतिस्पर्धा चाहन्छु । कम्तिमा प्रतिस्पर्धा गर्रौ, तर हामी लिसवन, लिभरपुल, रोम बाट अलग हुन सकेनौं । यी सवैले मलाई एउटा ठोस निर्णय लिने मोडमा उभ्यायो । उनले थपे ।

७ सय मिलियन यूरो को फुकुवा सीमा पार गर्न कुनै पनि क्लवलाई असम्भव

मैले सोचेको थिएं । म पक्का पनि थिएं । म बार्सिलोना छाड्न स्वतन्त्र छु । किनभने बार्सिलोनाको अध्यक्षले मलाई संधै भने का थिए हरेक सीजनको अन्त्यमा क्लवमा रहने या छाड्ने निर्णय पूर्णत मेरो व्यक्तिगत इच्छामा निर्भर गर्नेछ । तर अहिले उनीहरुले मलाई जुन १० को सीमा देखाउंदै । यस्तो निर्णय जुन १० अघि नै गर्नुपर्दथ्यो भन्छन् । यो भयंकर कोरोनाको कारण जुन १० मा हामी ला लीगा खेल्दै थियौं । यो महामरीले हाम्रो फुटवल सिजन नै परिर्वतन गर्यो । यही कारण देखाउदै मैले सीजन समाप्त हुदा साथ क्लव छाड्ने मेरो इच्छा औपचारिक रुपमै क्लवमा राखें ।
तर अव भने मेसी बार्सिलोना बाट बांकी एक सिजन खेल्ने कुराको जनकारी गराउंदै उनले भने, ला लीगा र बार्सिलोना दुवै का प्रेसीडेन्ट मलाई ७ सय मिलयन यूरो मेरो रिलिज क्लज मुल्य नचुकाइ क्लव छाड्न नमिल्ने बताए । जुन कुरा अहिले को अवस्थामा असम्भव छ ।

अदालतको विकल्प बार्सिलोनको लागी रोज्न सकिन

मेसी भन्छन् यो रिलज क्लज (फुकुव सीमा) को बारेमा आफुसंग विकल्प रहेता पनि त्यो विकल्प तर्फ नजाने निर्णय गरेको बताए । उनले प्रष्ट पारे, “म सँग विकल्प थियो कुरा लाई अदालत सम्म लग्ने, तर म बार्सिलोनाको विरुद्धमा अदालत जान सक्दिन । म बार्सिलोनालाई प्रेम गर्दर्छु किनभने यहाँ आए देखी मैले सव थोक पाएको छु । मैले बार्सिलोनालाई मैले दिन सक्ने सवथोक दिएको छु । बार्सिलोना मेरो जिवन हो । किनकी यही मैले मेरो जिवन पाएको छु । यी सवै कुराले बार्सिलोनालाई अदालतको ढोका सम्म पुर्याउने बारेमा मैले सोच्न पनि सक्दिन ।”

बच्चाको कारण बार्सिलोना छाड्न कठिन :

उनले बच्चाको कारण पनि बार्सिलोना छोड्न नसकेको आफ्नो अन्तरवार्तामा बताए । मेरा साना छोराहरुलाई त बार्सिलोनामा के भइ रहेको छ, केही थाहा छैन । जता गए पनि सरे पनि उनीहरुलाई प्रवाह छैन । किनकी उनीहरु सानै छन् । “थिएगो, मेरो ठूलो छोरा । उसले टि.भीमा मैले क्लव छाड्ने कुरा सुनेछ । मलाई प्रश्न गर्न थाल्यो । उ मसँग रोयो अनि भन्यो, “बार्सिलोना नछाडौं ।” त्यस पछि मलाई बार्सिलोना छाडेर उसको स्कुल परिवर्तन गरेर उसलाई नयाँ वतावरणमा लैजान मन लागेन ।” मेसीले थपे, “मसँग पछिल्लो समय जे बित्यो त्यो आम समझादरी भन्दा बाहिर छ । मलाई निर्णय लिन निकै कठिन भयो ।”

मैले नयाँ लक्ष्य र नयाँ चुनौती खोजी रहेको छु :

“मेरो छोरा, मेरो परिवार बार्सिलोनाका हुन, उनीहरु यहिं हुर्किए । बार्सिलोना छाड्नै पर्ने त्यस्तो गलत केही भएको थिएन । म बार्सिलोना चाहन्छु, क्लव मलाई चाहन्छ । जुन सवै समर्थकलागी सुखद हो । म बार्सिलोनालाई माया गर्दछु । मलाई थहा छ म यो भन्दा सुन्दर स्थान अन्त कतै भेट्ने छनै । तर, अझै पनि मैले सही निर्णय लिनै पर्दछ । मैले नयाँ लक्ष्य र नयाँ चुनौती खोजी रहेको छु । भोली फेरी सोही खोजीमा जान सक्दछु । किनभने यहाँ बार्सिलोनामा मैले सवै थोक पाइसकेको छु ।”

फोटो साभारः बिआर फुटवल

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result