ह्युस्टन, सेप्टेम्वर ७
डलरको मूल्य हालसम्म कै सबभन्दा बढी कायम भएको छ। आज नेपालमा एक अमेरिकी डलर बराबर नेपाली रुपैयाँ ११५.४८ बिक्री मूल्य कायम भएको छ यसैगरी राष्ट्रबैंकले आजका लागि एक अमेरिकी डलरको खरीद दर ११४ रपैयाँ ८८ पैसा तोकेको छ। । यो मूल्य अहिलेसम्म कै सबभन्दा बढी हो। भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा लगातार सस्तिदैं गएसंगै नेपाली रुपैयाँको पनि निरन्तर अबमूल्यन हुने क्रम जारी छ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नु, अमेरिका र चीनबीचको व्यापारिक असमझदारी बढ्नु लगाएतका बाह्य कारणहरुले डलर बलियो हुँदै गएको आर्थिक विश्लेषकहरुको तर्क छ। डलरको तुलनामा भारतीय रुपैयाँ सस्तो हुन गएकाले भारुसंग स्थायी बिनिमयदर रहेको नेपाली रुपैयाँ पनि कमजोर भएको हो। अमेरिकी डलर बढेसंगै कम्प्यूटर, मोबाइल, पेट्रोलियम पदार्थ, लत्ता-कपडा लगाएत अनेतराष्ट्रिय बजारबाट आयातहुने सबै जसो सामग्रीहरुको मूल्य बढ्ने निश्चित छ। दशैं लगाएतका चाड्-पर्वको अगाडि बजारमूल्यमा हुने बढोत्तरीले नेपाली उपभोक्ताहरु निकै मर्का पर्ने छ।
अमेरिकी डलरको भाउ लगातार उकालो लागेसंगै अमेरिकाबाट नेपाल पैसा पठाउनेहरु बढेका छन्। डलरको भाउ बढ्ने क्रम शुरु भएदेखि तीन चारपटक नेपाल पैसा पठाई सकेका ह्युस्टन, टेक्ससका एक साना व्यापारी रमेशलाई भने आज फेरी डलरको भाउ बढेसंगै पीर परेको छ। उनी भन्दै थिए-‘एकदुईदिन पर्खनु पर्ने रहेछ, अलि हतार गरेछु, यति धेरै बढ्ला भन्ने त सोचे कै थिइन, आजभोली पठाउन पाएको भए नेपाल गएर गर्ने खर्च नै थेग्ने रहेछ।’
प्रतिक्रिया लेख्नुहोस्:-