अमेरिका । टीपीएसको सुविधा लिएर अमेरिकामा बसिरहेका नेपालीहरूका लागि १५ महिनाको अवधि थप हुने भएको छ । यसको औपचारिक जानकारी केही दिनमा मात्र प्राप्त हुनसक्ने अधिकारले जनाएको छ । अधिकारको फेसबुक पेजमा निलसन विरुद्ध रामोश /भट्टराई मुद्दामा आबद्ध राष्ट्रहरू नेपाल, एल साल्भाडोर, हैटी, निकारागुवा र सुडानको टीपीएस १५ महिना थपिने उल्लेख छ । टीपीएस सुविधा लिइरहेकाहरूको १५ महिनाको अवधि स्वतः थप हुने छ ।
प्रतिक्रिया लेख्नुहोस्:-