अमेरिका सेप्टेम्वर १० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सुरक्षा सल्लाहकार जोन बोल्टनलाई बर्खास्त गरेका छन ।
उत्तर कोरिया, अफगानिस्तान, इरान र चीनसँगको विग्रदो व्यापारिक अवस्था लगायतका विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको मतभेद बड्न थालेको थियो । राष्ट्रपति ट्रम्पले तिव्र दवाव दिएपछि बोल्टनले राजिनामा दिएको बताइएको छ ।
राष्ट्रपति ट्रम्पले पनि वोल्टनको राजिनामालाई ट्विट मार्फत पुष्टि गर्दे सल्लाहकारको रुपमा उनले दिएका अधिकांस सुझावप्रति आफ्नो कडा असहमति रहेको बताएका छन् ।
राष्ट्रपतिले राष्ट्रीय सुरक्षा सल्लाहकार वोल्टनलाई सोमवार नै राजिनामा गर्न आदेश दिएका थिए । वोल्टनले मंगलवार विहान मात्रै ह्वाइट हाउसमा राजिनामा वुझाएका हुन्छ ।
वोल्टनले आफूले पनि सोमवार नै राजिनामा वुझाउन तयारी गरेको तर राष्ट्रपति बाट कुनै प्रतिक्रिया नआए पछि मंगलवार राजिनामा दिएको एनबीसीसँगको कुराकानीमा बताएका छन् ।
राष्ट्रपति र वोल्टनबीच केही महिना यता देखि नै विभिन्न विषयमा असहमती हुदै आएपनि पछिल्लो पटक तालिवान सँगको बार्ता प्रकरणले दुरी झनै बढाएको थियो । यसै विषयलाई लिएर सोमवार मात्र आपसमा चर्को बादबिवाद भएको समाचारहरूमा जनाईएको छ ।
राष्ट्रपतिले सेप्टेम्वर ११ को संघारमा क्याम्प डेवीडमा हुने भनिएको तालिवानसँगको वार्ता प्रति वाल्टनले कडा आपत्ति जनाएका थिए ।
ट्रम्पको चार वर्षिय राष्ट्रपति कार्यकालमा राष्ट्रिय सुरक्षा सल्लाहकावाट राजिनामा वुझाउने वोल्टन तेस्रो व्यक्ति हुन । यस अघि माइन फेलेन र भुतपुर्व अमेरिकी सैनिक अधिकारी लेफ्टिनेन्ट जनरल एमसि मास्टरले पनि राष्ट्रपतिसँगको मतभेद कै कारण राजिनामा दिएका थिए ।







प्रतिक्रिया लेख्नुहोस्:-