काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् ।
उनले आज सिंहदरबारमा उपप्रधानमन्त्री तथा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै यस्तो निर्देशन दिएका हुन् ।
अब कार्यक्षेत्रमा थप योजना र थप सक्रियताका साथ अघि बढ्नुपर्ने स्पष्ट पारे ।सरकारका कामलाई तीव्रता दिनेगरी अघि बढ्न आग्रह गरे । विस्तारै गरौँला नि भन्ने सोचले अहिलेसम्म काम हुन नसकेको भन्दै अब त्यो सोच नराख्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई आ–आफ्नो मन्त्रालयका समस्या पहिचान गरी समाधान गर्न पनि निर्देशन दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-