Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एप्पलको आईफोन एक्स एस र एक्स एस म्याक्स सार्वजनिक

भदौ २८, २०७५ १:५८ मा प्रकाशित
एप्पलको आईफोन एक्स एस र एक्स एस म्याक्स सार्वजनिक
Share on FacebookShare on Twitter

एप्पलले बुधवार राति सनफ्रानसिस्कोमा विशेष कार्यक्रम मार्फत आईफोन एक्स एस, एक्स एस म्याक्स, एक्स आर मोडल र एप्पल वाच ४ सिरिज सार्वजनिक गर्‍यो । एक्स एस र एक्स एस म्याक्स फोन विश्वका ३० देशमा सेप्टेम्बर १३ देखि अर्डर खुल्ला भएको छ ।

जुन फोन सेप्टेम्बर २१ मा प्राप्त गर्न सकिने छ । थप २५ देशमा भने सेप्टेम्बर २८ देखि नयाँ फोन पाउन सकिने उल्लेख गरिएको छ । छिमेकी मुलुकहरू चीनमा सेप्टेम्बर २१ र भारतमा सेप्टेम्बर २८ बाट उपलब्ध हुने फोन नेपाली बजारमा कहिले बाट उपलब्ध हुने भनी कुनै जानकारी दिएको छैन ।

आइफोन एक्स एसको ५.८ इन्च र एक्स एस म्याक्सको ६.५ इन्चको स्क्रिन डिस्प्ले छ । यसमा १२ र ७ मेगापिक्सल ड्युअल क्यामरा छ । आइफोनमा पहिलोपटक दुईवोटा सिमकार्ड राख्ने व्यवस्था समेत छ । गोल्ड, सिल्भर र स्पेस ग्रे रङ्गमा उपलब्ध फोन ६४ जिबी, १२८ जिबी र ५१२ जिबी स्टोरेज क्षमतामा उपलब्ध छ ।

आईपी ६८ वाटर रेसिस्टेन्स रेटिङ रहेकाले यो दुई मिटरको गहिराइमा ३० मिनेटसम्म पानीमा डुबाउँदा पनि सुरक्षित हुने एप्पलको दाबी छ । फोनमा सुपर रेटिनायुक्त ओएलइडी एचडिआर स्क्रिन छ ।
आइफोन एक्स एसमा आइफोन एक्सको भन्दा ३० मिनेट बढी ब्याट्री क्षमता छ । आइओएस १२ सफ्टवेयर युक्त यो आइफोनमा ए-१२ बायोनिक चिप र ७-नानोमिटर प्रोसेसर छ जसले सन् २०१७ का आइफोन भन्दा ३० प्रतिशत छिटो चल्ने दाबी गरिएको छ ।

थ्री डी टच प्रेसर सेन्सेटिभ स्क्रिन, स्टुडियो साउन्ड गर्ने सुविधा यसका थप विशेषता हुन् । फेस आइडी मार्फत फोन अनलकगर्ने थप सुविधाले फोनलाई थप सुरक्षित बनाएको छ ।
आइफोन एक्स एसको मूल्य ९९९ अमेरिकी डलरबाट सुरु हुन्छ । ६४ जिबीको ९९९ डलर, २५६ जिबीको १ हजार १४९ अमेरिकी डलर र ५१२ जिबीको १ हजार ३४९ अमेरिकी डलर तोकिएको छ ।

आईफोन एक्स एस म्याक्सको ६४ जिबीको १०९९ अमेरिकी डलर, २५६ जिबीको १२४९ अमेरिकी डलर र ५१२ जिबीको १४४९ अमेरिकी डलर राखिएको छ ।
आईफोनले ३२६ पीपीआई (रेटिना डिस्प्ले) युक्त ६.१ इन्चको स्क्रिन भएको एक्स आर बजारमा ल्याएको छ । वाइड एंगल लेन्स भएको १२ मेगापिक्सलको सिंगल रियर क्यामरा, ए १२ बायोनिक चिप, फेस डिटेक्सनको सुविधा, आइओएस १२ सफ्वेयर जडान भएको फोन ६४ जिबी, १२८ जिबी र २५६ जिबी स्टोरेजमा उपलब्ध छ । यो फोन गुलाबी, निलो, सेतो, पहेँलो, कालो र रातो रङ्गमा उपलब्ध छ । यो फोन ६४ जिबीको ७४९ अमेरिकी डलर, १२८ जिबीको ७९९ अमेरिकी डलर र २५६ जिबीको ८९९ अमेरिकी डलर पर्दछ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result