Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फ्लोरेन्स आँधीबाट पूर्वी तटीय अमेरिकी राज्यहरु प्रभावित

भदौ २८, २०७५ ६:२६ मा प्रकाशित
फ्लोरेन्स आँधीबाट पूर्वी तटीय अमेरिकी राज्यहरु प्रभावित
Share on FacebookShare on Twitter

अमेरिका सेप्टेम्वर १३,

फ्लोरेन्स आँधीले १७० अर्ब डलर भन्दा बढी नीजि तथा सार्वजनिक सम्पति र करीब आठ साख घर तथा हजारौं व्यवसायिक प्रतिष्ठानहरुमा क्षति पुग्न सक्ने अमेरिकी अधिकारीहरुले अनुमान गरेका छन् ।आँधी प्रभावित क्षेत्रका करीब १७ लाख मानिसहरुलाई अन्यत्र सर्न भनिएको छ। आँधी प्रभावित क्षेत्रमा बसोवास गर्ने नेपालीहरुका बारेमा  समेत नेपाली समुदायमा निकै चासो बढेको छ। अमेरिकामा बसोबास गर्ने नेपालीहरूको जनसङ्ख्याको सम्बन्धमा एनआरएनए अमेरिकाले दुई वर्ष अगाडि सार्वजनिक गरेको अध्यन प्रतिवेदनलाई आधार मान्ने हो भने फ्लोरेन्स समुद्री आँधीले प्रभावित पार्ने अमेरिकाको पूर्वी तटीय राज्यहरू नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, भर्जिनिया, मेरिल्याण्ड र जर्जियामा करिब २८ हजार नेपालीहरू बसोवास गर्दै आएका छन् । यस मध्ये दुई हजार पाँच सय जति  नेपालीहरु हर्रिकेन फ्लोरेन्सबाट अति प्रभावित हुने अनुमान गरिएको छ ।

अमेरिकी इतिहास मै ठूलो र बिनाशकारी मध्येको एक मानिएको फ्लोरेन्स नामक शक्तिशाली समुद्री आँधीले एटलान्टिक महासागरको छेउछाउमा पर्ने अमेरिकाको पूर्वी तटीय राज्यहरु नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, भर्जिनिया, मेरिल्याण्ड र जर्जियालाई प्रभावित पार्ने अमेरिकी मौसमविदहरुले जनाएका छन्। हप्तौं अघि देखि नै सुरक्षात्मक चेतावीनहरु जारी गरेर सम्वन्धित राज्यहरुको तटीय क्षेत्रमा बस्ने १७ लाख नागरिकहरुलाई आपतकालीन अवस्थामा सुरक्षित रहने उपायहरु अपनाउन भनिएको छ। नेशनल हर्रिकेन सेन्टरले बिहीबार बिहान ११ बजे गरेको अपडेट अनुसार  नर्थ क्यारोलाइनाको तटीयक्षेत्र (विलमिंगटन शहरबाट १४५ माइल्स दक्षिण-पूर्व) मा १०५ माइल्स प्रतिघण्टाको गतिमा फ्लोरेन्स आँधी ( हर्रिकेन फ्लोरेन्स) शुरु भएको छ। यसको मुख्य प्रभाव बिहीबार अबेला वा  शुक्रबारबाट सबैरैबाट शुरु हुने बताइएको छ। 

प्रभावित क्षेत्रमा ताजा जानकारीका लागि  नेशनल हर्रिकेन सेन्टरको वेबसाइट https://www.nhc.noaa.gov मा जान सकिने बताइएको छ। सिएनएनले मोबाइल फोन र वाइफाइले काम नगरेको अवस्थामा आपत्कालीन अफलाइन मेसेज पठाउन र सूचाना पाउनका लागि CNN Lite एपको प्रयोग गर्न सुझाएको छ।  आँधीका कारण ठूलो वर्षा र हुरी आउने हुनाले प्रभावित क्षेत्रमा रहेकाहरुको ज्यान जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ। 

पहिले क्टाटगोरी चारको सामुद्रिक आँधी आउने अनुमान गरिएपनि अमेरिकी अधिकारीहरुले त्यसलाई ताजा अवस्थामा क्याटगोरी दुईमा झारेका छन्। तैपनि लामो समयसम्म नै हुरी चलिरनुका साथै बर्षा पनि भैरहन सक्ने हुनाले क्षतिको परिमाण अनुमान गरिए भन्दा बढी हुनसक्ने भनिएको छ। आँधीका कारण सत्र लाखजति मानिसहरूलाई आफ्नो घर छाडेर सुरक्षित स्थलमा जान भनिएको छ।

अमेरिकी अधिकारीहरूले पहिले करीब २०० माइल प्रतिघण्टाको बेगमा हुरी चल्ने संभावना बताए पनि अब हर्रिकेन फ्लोरेन्सका दौरान करीब ११० माइल प्रतिघण्टाको बेगमा हुरी चल्ने र त्यसले प्रभावित क्षेत्रमा बस्ने करीब एक करोड मानिसहरूलाई असर पुय्राउने बताएका छन्। आँधीका कारण क्यारोलिनाजको तटीय क्षेत्रहरुमा ४० इन्चसम्म बर्षा हुने र करीब १३ फिटसम्म सामुद्रिक छाल आउने मौसमविदहरुले जनाएका छन् । क्यारोलिनाज तथा अन्य तटीयक्षेत्रहरु भन्दा भित्री भागसम्म पनि १० इन्चसम्मको भारी बर्षा हुने अनुमान गरिएको छ। फिमाले ताजा ट्वीटर सन्देशमा ‘इभ्याकुएसन जोन’मा परेकाहरुलाई तत्काल सुरक्षित स्थानमा जान भनेको छ। 

मानिसहरुले हप्तौं पुग्ने खानेकुरा, पानी लगाएतका अत्यावश्यकीय सामग्रीको जोहो गरिसकेका छन्। मानिसहरुले विपदको संकेत पाउने बित्तिकै आवश्यक हुने भन्दा बढी ने सामग्री भण्डार गर्नाले नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, भर्जिनिया, मेरिल्याण्ड, जर्जिया तथा वाशिंगटन डिसी क्षेत्रका स्टोरहरु रित्तिएका छन्। आँधी प्रभावित क्षेत्रमा हप्तौं बिजुली आपूर्ति नहुन सक्ने भएकाले कतिपले जेनेरेटर र त्यसका लागि आवश्यक इन्धन समेत व्यवस्था गरिसकेको संचार माध्यमहरुले जनाएका छन्। 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आँधीले प्रभावित पार्ने भनिएको राज्यहरुमा पहिले नै आपत्कालको घोषणा गरिसकेका छन् भने पछिल्लो अवस्थामा जर्जियाले समेत  आपत्कालीन अवस्थाको घोषणा गरेको छ। आपत्कालीन सहयोगको लागि अमेरीकी संघीय निकाय ‘फिमा’ले राष्ट्रपति लगाएत राज्यसरकारका सम्वन्धित  पदाधिकारीहरुसंगको समन्वयमा आपत्कालीन उद्धार र सहयोगको सबै खाले तैयारी पुरा गरिसकेको जनाएको छ। यसै सन्दर्भमा राष्ट्रपति ट्रम्पले एक भिडिओ सन्देश मार्फत अमेरिकामा आएको सबैभन्दा ठूलोमध्येको एक सामुद्रिक आँधीबाट सजग रहन र आपत्कालीन सहयोगको लागि सम्पर्कमा रहन अपील गरेका छन्।  उनले भनेका छन्- ‘जनताको जीवनरक्षा नै अहिलेको मुख्य प्राथमिकता हो।’ 

हर्रिकेन फ्लोरेन्सको प्रभाव क्षेत्रमा रहेको छ वटा ‘आणविक-भट्टी’ (Nuclear Center)हरु संभावित सुरक्षा जोखिमका कारण बन्द गरिएको छ। आँधीका कारण हुने ठूलो बर्षाका कारण अमेरिकी राज्यहरु एलाबामा, टेनेसी, केन्टकी र वेस्ट भर्जिनियाका केही क्षेत्रहरूमा बाढी आउन सक्ने र त्यसले ति राज्यहरुमा समेत धनजनको क्षति हुन सक्ने संभावना बढाएको छ। 

नर्थ  तथा साउथ क्यारोलाइनाका गभर्नरहरु क्रमश रोय कुपर र हेनरी म्याकमास्टरले समुद्री तटीय क्षेत्र (कोस्टल एरिया)का बासिन्दाहरुलाई तत्काल सुरक्षित स्थानमा  भनेकाछन्। मानिसहरुलाई घर छोड्न भनिएका क्षेत्र ‘इभ्याकुएशन जोन’मा आपत्कालीन सेवाका कर्मचारीहरु समेत उपल्ब्ध नहुने बताइकाले हर्रिकेन फ्लोरेन्सको जोखिम क्षेत्रमा बस्ने मानिसहरुले तत्काल आफ्नो घर तथा व्यवसाय छोडेर सुरक्षित स्थानतर्फ जान अधिकारीहरुले सुझाएका छन्। 

तस्वीर: सिएनएन, फक्स २६, फिमा, नेशनल हर्रिकेन सेन्टर

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result