काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २०८४ हुने चुनावमा आफ्नो पार्टीले एकल बहुमत ल्याउनेबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
उनले आज एमाले कार्यकर्ताहरूलाई काठमाडौंमा सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।
जनतामा विश्वास जगाएर अबको निर्वाचनमा पहिलो दल बन्ने गरी अघि बढ्न आग्रह गरे । उनले भने–‘हाम्रा लागि मिसन ८४ यस्तो निर्णायक बिन्दु हो, हामी सफलता तर्फ, विजयको यात्रा तर्फ अघि बढ्यौँ भने कि हामी निर्णायक अवस्थामा पस्न वा जटिल स्थितिमा फस्न सक्छौँ । मिसन ८४ मा एकल बहुमत ल्याउन सक्ने आधारहरू छन् । त्यतिबेला हामीले सारा शक्ति लगाउनुपर्छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-