दूरबिन नेपाल, न्युयोर्क
दक्षिणी सिमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरुको सवालमा अमेरिकी सर्वोच्च अदालतको फैसलाले नेपालीहरुपनि प्रभावित बन्नसक्ने अधिवक्ता डिल्लीराज भट्टले जनाएका छन । न्युयोर्कमा भट्ट ल फर्मका सञ्चालक भट्टले दूरबिन नेपालसंग कुरा गर्दै गत हप्ताको बुधबार राष्ट्रपति डोनल्ड ट्रम्पले चाहेजस्तै फैसला सर्वोच्च अदालतले गरेपछि त्यसको मारमा दक्षिणी सिमाबाट अमेरिका प्रवेश गर्न चाहने नेपालीहरुपनि पर्ने बताएका छन । दक्षिणी सिमाको बारेमा गरिएको फैसलाले नेपालीहरुलाई कसरी असर पर्छ भन्ने जिज्ञाशामा अधिवक्ता भट्टले धेरै नेपालीहरु कैयन महिना लगाएर लाखौं रकम खर्चेर दक्षिणी सिमाबाट अमेरिका प्रवेश गर्न हिंडी सकेका छन कतिपय त अझै बाटौमै अलपत्र होलान । अव दक्षिणी सिमाबाट प्रवेश गर्नेहरुले असाइलमका निवेदननै दिन नपाउने फैसला अदालतले गरेपछि त्यसको मारमा नेपालीहरुपनि पक्कै पर्नेछन । भट्टका अनुसार सर्वोच्च अदालतको आदेशले तेस्रो मुलुकबाट अमेरिका प्रवेश गर्नेहरुले जुन जुन देश हुंदै आए अब ती सबै देशमा पनि शरणार्थीको निवेदन दिएर स्वीकृत भएको कागजपनि देखाउनु पर्नेछ । जुन नेपालीहरुको लागि निकै कठिन कार्य हो । किनकी अधिकांश नेपालीहरु दलालको भरमा लुकीछिपी अमेरिकाको दक्षिणी क्षेत्रबाट अमेरिका प्रवेश गर्न कैयन मुलुकहरु पार गरेका हुन्छन । यसकारण अब मेक्सीकोको बाटो हुंदै अमेरिका प्रवेशको लागि यात्रा निकै कठिन हुने अनुमान गरिएको छ ।
कुराकानीमा आधारित







प्रतिक्रिया लेख्नुहोस्:-