काठमाडौं । सरकारले स्थानीय तहमा रिक्त पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो
यसअघि आइतबार नै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सुझाव दिएका थिए ।
निर्वाचन आयोगका अनुसार ३ स्थानीय तहमा प्रमुख तथा अध्यक्ष सहित ३९ पद रिक्त छ।
प्रतिक्रिया लेख्नुहोस्:-