काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले वामपन्थी एकताका लागि धरै जोखिम मोले पनि अन्त्यमा आफैँ मूर्ख भएको बताएका छन् ।
उनले आइतबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन् ।
उनले प्रतिक्रियावादी र अवसरवादीले माओवादी र जनताविरुद्ध षड्यन्त्र गरिरहेको पनि बताए । उनले अब आफू सरकारमा जान समीकरण बनाउने खेलमा नलाग्ने पनि बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-