काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा पहिरो गएको छ । आज नेप्से ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा पुगेको हो।
आज ३२४ स्क्रिप्सको २ करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९५७ रुपैयाँमा खरिदबिक्री भयो। आइतबार रिभर फल्स पावर, हिमालय हाइड्रोपावर,रावा इनर्जी डेभलपमेन्ट र इस्टर्न हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
यसदिन थ्री स्टार हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
प्रतिक्रिया लेख्नुहोस्:-