दूरबिन नेपाल, न्युयोर्क
बागलुङ जिल्लाको ढोरपाटनको बुर्तीबाङका बाढी पहिरो पीडितलाई नेपाल आदिवासी जनजाती महासंघ अमेरिका, फिप्नाले आर्थिक सहयोग गरेको छ । फिप्नाका अध्यक्ष लोक चेम्जोङले दिएको जानकारी अनुसार ७ सय अमेरिकी डलर बागलुङ सेवा समाज अमेरिकाका संस्थापक अध्यक्ष एवं एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर खिम भट्टराई र मगर संघ अमेरिका, न्युयोर्क च्याप्टरका अध्यक्ष ओमकार मगरलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो । फिप्नाका अध्यक्ष लोक चेम्जोङले जारी गरेको विज्ञप्तिमा बागलुङको बाढीपहिरोमा परी मृत्यु हुनेहरुप्रति श्रद्धान्जली अर्पण गरिएको छ भने घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
केही दिनअघि बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका अन्तर्गत वार्ड नं ७, ८ र ९ बुर्तिबाडमा परेको अबिरल बर्षाका कारण बाढी पहिरो जादा १७ जनाको शब फेला परेको तथा ३६ जना अझै बेपत्ता भएका छन । त्यसैगरी करिब ७१ घर बगाएको छ । साथै भौतिक संरचनाहरु विद्यालय, पावर हाउस्, हेल्थपोष्ट लगायत सडकहरुमापनि क्षति पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-