Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा शरण माग्ने मध्ये कतिपयको वनावटी र नक्कली कागजातले भरिएको छ : केन कुइन्से,निर्देशक निकाय यूएससिआइस

भदौ ३१, २०७६ १२:५६ मा प्रकाशित
अमेरिकामा शरण माग्ने मध्ये कतिपयको वनावटी र नक्कली कागजातले भरिएको छ : केन कुइन्से,निर्देशक निकाय यूएससिआइस
Share on FacebookShare on Twitter

राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न छिमेकी देशको सिमापार गरेर गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीको शरण अस्विकृत गर्ने गरि जारि गरेको नियमलाई अन्तत सर्वोच्च अदालतले पनि सदर गरेको छ । विभिन्न उपाय अवलम्वन गर्दै सिमापार गरेर अमेरिका प्रवेस गरे पछि शरण खोज्ने क्रमलाई नयाँ कानुनले रोक लगाएको छ ।

 

आप्रवासी सम्वन्धी नयाँ कानुनको  विषयमा केन्द्रित रहेर अमेरिकी होमल्याण्ड सेक्रेटरी अन्तर्गत अमेरिकी नागरिकता, प्रवेशाज्ञा, स्थायी वसोवासको पत्र देखि अमेरिकामा शरणलाई स्विकार गर्ने र नगर्ने अधिकारिक निकाय यूएससिआइसका निर्देशक केन कुइन्सेलीसँग सीवीएस न्यूजका मार्गेरेट बेननले हालै अन्तरवार्ता लिएका छन् । सोही अन्तरवार्ताको नेपाली अनुवाद ।

 

मार्गरेट ब्रेनेनः शुभ विहानी केन

 

कुइन्सेलीः तपाइलाई भेटेर खुशि लागि रहेको छ मार्गरेट ।

 

मार्गरेट ब्रेनेनः त्यसोभए तपाइको एजेन्सिमा त सर्वाेच्च अदालतको निर्णयले सिधा प्रभाव पारेको होला ?

 

केन कुइन्सेलीः अवस्य

 

मार्गरेट ब्रेनेनः यतिबेला नयाँ नियमले अमेरिकामा शरण दावी गर्न निषेध गरिएको छ, यसले आधारभुतरुपमा कस्तो प्रभाव पार्छ र यो कहिले महसुस हुन्छ ?

 

केन कुइन्सेलीः महसुस त भइ नै रहेको छ । तर सर्वोच्च अदालतको निर्णय आउने वित्तिकै यो शुन्यवाट एकैचोटी सयमा भने पुगिदैन । हामीलाई अदालतको समय  थाहा थिएन । तर म तपाईंलाई यती भन्न सक्छु कि मैले शुक्रबार अन्य दुई आप्रवासी एजेन्सीहरूका प्रमुख मार्क मोर्गन र म्याट एव्लेनसँग कुरा गरें र हामी इमिग्रेशन न्यायाधीशहरू रहने स्थान, न्याय विभागसँग मिलेर काम गर्ने छौं, र हामी यसलाई यथाशिघ्र एउटा योजनामा पुर्याउछौं । चाडो भन्दा चाडो योजना कार्यन्वयनमा अघि वढ्छौं । हामी हप्ताभन्दा पनि केही दिनमा नै संवेदनशिल नाकाहरुमा नियम कार्यन्वय गर्न अघि वढ्छौं ।

 

मार्गरेट ब्रेनेनः यसलाई व्याख्या गर्दा शरणका नियमलाई साँघुरो वनाउदै गएको छ, अन्य देशवाट आएका आप्रावासीहरुहरुले तेस्रो देशमा शरण दावी नगरेको खण्डमा वा उनीहरुको शरणलाई ती देशले अस्विकार गरेको अवस्थालाई पनि हेरिन्छ ?

 

केन कुइन्सेलीः ठिक हो, उनीहरुले त्यो पार गर्ने पर्छ ।

 

मार्गरेट ब्रेनेनःआप्रवासीहरुले अमेरिका प्रवेश गर्दै गर्दा शरण दावी एक कानुनी आधार हो ? यदी तपाईहरु त्यही आधारलाई नै काट्दै हुनुहुन्छ भने के तपाई अवैध आप्रावासीहरुलाई धक्का दिंदै हुनुहुन्छ हो ?

 

केन कुइन्सेलीः ठीक छ, दक्षिणी सिमानामा आश्रय दाबी गरिरहेका अधिकांश मानिसहरू गैरकानूनी रूपमा पहिला देखि आइरहेका छन ।

 

मार्गरेट ब्रेनेनः तर यदि तिनीहरू अवैध रूपमा पार गर्दै छन, तर उनीहरुले सिमा सुरक्षावलसामु  शरणको घोषणा गर्दे कानुनी माध्यम अपनाउन गरहेको छ भने ?

 

केन कुइन्सेलीः ठीक छ, हामिसँग स्थान अनुरुप  फरक नियमहरू छन् । मलाई लाग्दैन कि धेरै व्यक्तिहरूले यसलाई बुझेका छन । तर उत्तरी सिमानामा हामी क्यानाडासँग एउटा सम्झौता गर्छौं जहाँ तपाईं कि त क्यानाडा वा संयुक्तराज्य अमेरिकामा शरण लिन सक्नुहुन्छ, तर दुबै कुनै पनि परिस्थितिमा होइन, यो वास्तवमै हामी भन्दा बढी प्रतिबन्धात्मक व्यवस्था हो। तर हाम्रो दक्षिण सिमानमा सामाना गर्ने परिस्थिति  अझै पनि संकटमा नै छ । हामी सँग ३ तीन लाख ३५ हजार शरण केसहरु हेर्न बाँकी  नै छ । जसलाई मैले धेरै गम्भिरताका साथ हेरिरहेको छु र धेरै स्रोत  परिचालन गरेर घटाउदै पनि लगिरेहेको छु । मैले कतिपय केशहरु (मुद्दाहरु)  पल्टाउदा कति वैध शरण दाबिहरू छन् । ती मध्ये केही दुई बर्ष भन्दा धेरै लामो समय देखि पालो पर्खिरहेका पनि छन । हामी ती केशहरुलाई गम्भिरताका साथ हेरिरहेका छौं । लामो समय कुरेका त्यस्ता मानिसहरुको निम्ति हामीले यथाशिघ्र निर्णय पनि गनुपर्छ । कतिपय केशहरु एकदमै वनावटी र नक्कली कागजजातहरुले भरिएको पनि छ ।

 

मार्गरेट ब्रेनेनः तर, तपाईले भर्खरै भन्नुभए जस्तै कहिलेकाँहि वैध दावी गरिएका शरण पनि त छन नी ?

 

केन कुइन्सेलीः हो, बिल्कुल

 

मार्गरेट ब्रेनेनः जहा आफ्नो जीवनको भय हुन्छ, त्यहाँ विवाद हुन्छ र कहिलेकाँहि वैधानीकता भन्दा वढि नैतीकताको पनि कुरा हुन्छ, त्यसैले त राष्ट्रपति रोनाल्ड रेगनले यो देशको बारेमा  पहाडमा चम्किरहेको शहरकोरुपमा चित्रण गर्नुहुन्थ्यो तर कतै तपाई यसको वरिपरि ठूलो खाडल निर्माण गर्दे त हुनुहुन्न ?

 

केन कुइन्सेलीः हो तर हाम्रो नजरले त्यसरि हेर्देन । स्पष्टरुपले भन्नु पर्दा मेरो एजेन्सिले धेरैलाई अमेरिकी नागरिकता पनि प्रदान गर्दे आएको छ ।  जस्तो तपाइले गएको वर्ष हेर्नु भयो होला वितेको पाँच वर्षमा हामीले सवैभन्दा धेरै आप्रवासिलाई नागरिक बनायौं र हामी यो वर्ष सम्भवत गत वर्षको संख्यालाई तोड्नछौं । ठीक छ, कि हामी यसलाई कसरी स्पष्ट रूपमा हेर्छौं। तर मेरो मतलब भनेको हामी एकै समयमा हो, मेरो एजेन्सी हो, तपाईलाई थाँहा छ, तपाईले वर्षौंपछि देख्नु भएको भन्दा बढी नागरिकहरू सिर्जना गर्दैछौं।  हामीसँग गत वर्ष पाँच वर्षककै उच्च भयो र हामी यसलाई  (आप्रवासीलाई नागरिकता दिने काम) यस वर्ष फेरि तोड्नेछौं ।

 

मार्गरेट ब्रेनेनः तर यो त दशौ हजारको कुरा हो ?

 

केन कुइन्सेलीः तपाईले भर्खर बताइसक्नु भयो ।

 

मार्गरेट ब्रेनेनः मेरो मतलव ति मानिस जसले अव शरण दावी गर्न निषेध गरिएको छ ?

 

केन कुइन्सेलीः ठीक छ, तर तपाईंले भर्खर हामीलाई यसको वरिपरि खाडल  बनाउने प्रयासको रूपमा वर्णन गर्नुभयो, र म यो औंल्याउँदै छु कि कानुनी प्रक्रियामा हामी  राम्रो तयारिका साथ लागिरहेका छौं । धेरै सङ्कटहरुसँग जुध्न परेको कारण दक्षिणी सिमानामा हामीमाथि धेरै जीम्मेवारी थपिएको छ । तर राष्ट्रपति स्वयं  सिमानाहरुमा कडा निगरानी राख्नु पर्ने अडानमा स्पष्ट भएकोले हामी त्यही गरिरहेका छौं ।

 

मार्गरेट ब्रेनेनः त्यसोभए, तपाई मूल रूपमा यो तर्क गर्दै हुनुहुन्छ कि यो नै एक निवारणको उपाय हो जहाँ सिमापारवाट मानिसहरु आउने प्रयास गर्ने छैनन ?

 

केन कुइन्सेलीः त्यहि हो । त्यो हुनेछ ।

 

मार्गरेट ब्रेनेनः तर शरण दाबी त कानुनी वैध हो नी ?

 

केन कुईन्सेली–हो,मार्गरेट, म बुझ्छु ।

 

मार्गरेट ब्रेनेनः त्यसोभए आप्रवासन को अर्थ ?

 

केन कुईन्सेलीः तपाईको तर्क एकदमै सहि छ । यसले केही मानिसहरुका लागि बाधा उत्पन्न हुने छ, विशेष गरी ती व्यक्ति जो स्पष्ट रूपमा झूटा शरण दाबीहरू पेश गरेर शरण खोजिरहेका छन । शरण भनेको सुरक्षाको लागि हो । हामी आप्रावासीलाई चहान्छौं ।

 

मार्गरेट ब्रेनेनः ठीक छ।

 

केन कुईन्सेलीः सुरक्षा खोज्नेको निम्ति अमेरिका विश्वमा नै सबैभन्दा उदार देश हो। तर हामीले यहा धेरै सङ्कटहरुको सामाना गरिराखका छौं । यसले विशेषत जसले गलतरुपमा शरणको दावी गर्छ उनीहरुको निम्ति वाधा उत्पन्न  गर्छ ।

 

मार्गरेट ब्रेनेनः त्यही प्रसङ्गमा एउटा कुरा जोडि हाल्छु, जस्तो बहामासमा एउटा डरलाग्दो तुफानले धेरै क्षती वनायो ।

केन कुईन्सेलीः हो डुरान आधिले ।

 

मार्गरेट ब्रेनेनः किन मानिहरुलाई यो देशमा बस्न धेरै कठिन वनाइदै छ ? गत सोमवारदेखि बहामासबाट  यहाँ (अमेरिका)आउन पनि प्रवेशाज्ञा लिनुपर्ने बनाइएको छ ।  कागजजात तयारीका साथ नवोकेकाहरुको निम्ति कारण पनि हुनसक्छ ?

 

केन कुईन्सेलीः सिमा सुरक्षा बलले आफैंलाई बहामाससम्म विस्तार गर्दे गएको छ । जुन उनीहरुले गरेको मलाई याद छैन । हामीले यसलाई आवासिय वनाइराखेका छौं ।

 

मार्गरेट ब्रेनेनः तपाईको भनाइहरु प्रति आभार प्रकट गर्दछु, मेरो समय सकिसकेको जनाउ आइसकेको छ ।

 

केन कुईन्सेलीः मैले वुझें

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result