काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश संरचना कुनै हालतमा नहट्ने दावी गरेका छन् ।
संविधान दिवसको सन्दर्भमा मंगलबार कांग्रेसको कानुन विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले संविधान संशोधनमार्फत प्रदेश संरचनालाई हटाउन नसकिने बताएका बताएका हुन् ।
‘ओलीजी प्रधानमन्त्री हुँदाखेरि उहाँले संविधान संशोधन गर्न सक्ने कुरा भन्नुभएको छ । त्यो फेरि प्रजातन्त्रको खिलापमा होइन । प्रजातन्त्रलाई अझ मजबुत बनाउने किसिमको संविधानमा सुधार हुने संशोधन हुने कुरा हुन सक्दछ । त्यसैअनुसार ठान्नु पर्दछ,’ उनले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-