Wednesday, July 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

आफ्नै जीवनकालमा विकसित नेपाल हेर्ने रहर छ-पूर्व प्रधानमन्त्री डा. भट्टराई

अशोज २, २०७५ ३:०३ मा प्रकाशित
आफ्नै जीवनकालमा विकसित नेपाल हेर्ने रहर छ-पूर्व प्रधानमन्त्री डा. भट्टराई
Share on FacebookShare on Twitter

ह्युस्टन. टेक्सस १६ सेप्टेम्बर

हाल अमेरिका भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले हिजो टेक्ससको ह्युस्टनस्थित  नेपाली समुदायका प्रतिनिधिहरुसंग अन्तरक्रिया गरेका छन्। सिटी अफ ह्युस्टनमा कार्यरत इन्जीनियर सतिश त्रिपाठीको सक्रियतामा भएको सो भेटघाटमा ह्युस्टनस्थित इन्जीनियर, साजाजिक अगुवा तथा पत्रकारहरुले शहरी विकास, विकास योजना तथा कार्यान्वयनका बिविध पक्षमा डा. भट्टराईसंग अन्तरक्रिया गरेका थिए। आफ्नै जीवनकालमा विकसित नेपाल हेर्ने लक्ष्य बोकेर समृद्ध र विकसित नेपाल अभियानमा निस्केका डा. भट्टराई अबको २२ बर्ष अर्थात सन् २०४० सम्म तेश्रो विश्वको स्तरबाट पहिलो विश्वको स्तरमा नेपाललाई पुर्याउन सबै नेपालीले आ-आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने ठान्दछन्। यसका लागि दुई अंकको बार्षिक आर्थिक बृद्धिदर नभई संभव छैन। संसार भर छरिएर रहेका सक्षम नेपालीहरुको ज्ञान, शीप, स्रोत र क्षमता समृद्ध नेपाल बनाउने अभियानमा जरुरत भएकैले एनआरएनए र नेपाल दुबैको हित हुनेगरी शर्त रहित नेपाली नागरिकता दिन कन्जुस्याईं गरिरहन नपर्ने तर्क डा. भट्टराईले अन्तरक्रियाका दौरान बताएका छन् ।

नेपालको विकास र समृद्धिपका लागि सुशासन, सडक लगाएतका भौतिक संरचना निर्माण र सुधार, शिक्षामा लगानी, भ्रष्टाचार नियन्त्रण, आधुनिक र एकिकृत कृषी प्रणाली लगाएतका विषयमा आ-आफ्नो विज्ञता र सुझाव दिएका सहभागीहरुले सरकारका सम्वन्धित निकाय र संसदमा समेत व्यवस्थित र नियोजित विकासका पक्षमा आवाज उठाउन डा. भट्टराईलाई अनुरोध गरेका थिए। १७ हजार नेपालीको ज्यान जानेगरी भएको माओवादी बिद्रोहको नेतृत्व गरेको नेताले अहिले आएर विकास र समृद्धिको कुरा गर्नेबेला त्यस्तो हिंसात्मक बिद्रोह नगरेको भए हुन्थ्यो भन्ने लाग्दैन? त्यसको नेतृत्व गरेकोमा आत्मालोचना गर्नु पर्दैन? भन्ने दूरबिन नेपालको प्रश्नमा डा. भट्टराईले भने-‘यो क्रान्ति समयको माग थियो। संसारका अन्य मुलुकको उदाहरण हेर्ने हो भने जनबिद्रोहमा राज्य र बिद्रोही दुबै पक्षमा क्षति भएकै छ। जनताको हितका लागि राज्य विरुद्ध हुने बिद्रोहमा नेतृत्वले चाहेर मात्र मानवीय क्षतिलाई रोक्न नसकिने रहेछ। क्रान्तिको नेतृत्व गर्ने सबैलाई सकेसम्म कम ध्वंस र न्यूनतम मानवीय क्षति होस् भन्ने नै हुन्छ। सबै आन्दोलन र परिवर्तन अहिंसात्मक हुन सके त धेरै राम्रो हो, तर इतिहास त्यस्तो छैन, परिवर्तनको चाहना राख्दा त्यसका साथमा हुने हिंसालाई पनि स्विकार्नु पर्ने बाध्यता हुन्छ। कुनै कालखण्डमा भएका हिंसात्मक आन्दोलनबाट सिक्दै अन्त्यमा लाग्ने भनेकै देश निर्माणमा हो, डा. भट्टराईले भने। 

अन्तरक्रिया कै दौरान, डा. भट्टराईलाई लक्षित गरेर डालासस्थित नेपालीहरुको सानो समूहले गरेको बिरोध र कालो झण्डा देखाउने कार्यको ह्युस्टनका युवाहरुको संस्था नेप्लिज हेरिटेज युनियन (एनएचयू)ले भत्सर्ना गरेको थियो। ‘नेपालकै समृद्धिका लागि विदेशमा रहेका विभिन्न पेशा र क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरुसंग सम्वाद र छलफल गर्ने अभियानमा हिंडेका पूर्व प्रधानमन्त्रीका बिरुद्ध भएको अमर्यादित व्यवहार अमेरिकामा रहेका सबै नेपालीहरुका लागि लज्जाको विषय हो’,  एनएचयूका अगुवा डा. चण्डी भण्डारीले बाचन गरेको भत्सर्नापत्रमा उल्लेख छ।

कार्यक्रममा डा. भट्टराई पत्नी एवं पूर्व मन्त्री हिसिला यमीको पनि उपस्थिति थियो। 

सोमबार दिउँसो ह्युस्टनस्थित नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) अन्तर्गतको स्पेस सेन्टर ह्युस्टनको अवलोकन समेत गरेका डा. भट्टराई दम्पति अमेरिकी विकास र समृद्धिबाट निकै प्रभावित भएका देखिन्थे। भौतिक योजना मन्त्री भैसकेकी भट्टराई पत्नी एवं नयाँशक्ति पार्टीकी नेतृ हिसिला यमी पनि ह्युस्टनका निकै फराकिला सडकहरुले अति नै प्रभावित भएकी थिइन्। 

राजधानी शहर काठमाण्डौंको बिस्तारित सडकले डा. भट्टराईलाई प्रधानमन्त्रीका रुपमा संधै सम्झिरहने अवस्था छ नेपालमा। उनकै अग्रसरतामा वुटवल-भैरहवाको छ लेनको बाटो, बिराटनगर-धरान, धनगढी-अत्तरिया तथा कोहलपुर-नेपालगंजका फराकिला बाटाहरु संभव भएका हुन् भन्ने धेरै नेपालीहरुलाई थाहा नहोला। तर, फराकिला र राम्रा बाटाहरुले मात्र आधुनिक नेपालको विकास लक्ष्य संभव देखेका डा. भट्टराईलाई पनि अमेरिकी सडक संजाल र मजबुत भौतिक संरचनाहरुले निकै लोभ्याएको देखिन्थ्यो। 

नासाको करीब तीनघण्टाको भ्रमणमा अन्तरिक्ष प्रणालीमा अमेरिकाले गरेको प्रगतिबाट पनि डा. भट्टराई अत्यन्त प्रभावित भएका थिए। स्पेस सेन्टरको भ्रमणमा डा. भट्टराईसंगै रहेका दूरबिन नेपाल प्रतिनिधीसंग डा. भट्टराईले भने-‘मान्छेको असीमित ज्ञान र सोचाईको नमूनाको परिणाम नै हो अमेरिकाले अन्तरिक्ष अभियानमा गरेको प्रगति।’ प्राय हरेक प्रसंगमा नेपालको विकास र प्रगति नै जोड्न चाहने डा. भट्टराई अमेरिकाको विकास र प्रगतिबाट सिकेर नेपालमा पनि केही गर्न सकिनेमा दृढ देखिन्थे। देश विकासको मुद्दामा राजनीतिक संकिर्णता त्यागेर मिलेर अघि बढ्नु पर्ने कुरामा डा. भट्टराईको जोड थियो। 

दिउँसोको खाना खाने सन्दर्भमा कुजिन अफ इण्डियाका संचालक शेष शर्माको व्यवसायिक प्रगति र उनले नेपाली समुदायलाई पुय्राएको योगदानका विषयमा समेत केहीबेर छलफल गर्न भ्याएका डा. भट्टराईले भने-‘प्रवासमा आर्थिक प्रगति गरेका सबै नेपालीहरुका सफलताबाट सिकेर धेरै नेपालीहरुले आर्थिक उन्नति गर्नु पर्ने र त्यसको प्रतिफल नेपालमा समेत लगानी गर्न सफल नेपालीहरुले अग्रसरता देखाउनु पर्छ। ह्युस्टनबाट डालासका लागि प्रस्थान गर्दै गर्दा पूर्व प्रधानमन्त्री भट्टराईले भने- हामी सबै नेपालीले आफूले सकेसम्मको सहयोग आफ्नो देशका लागि गर्नै पर्छ र तपाईं हाम्रै जीवनकालमा देश परिवर्तन हुनै पर्दछ। 

तस्वीर: सुजन पण्डित, सन्जिव गुरुंग, सतिश त्रिपाठी 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result