दूरबिन नेपाल
अमेरिकाको टेक्ससको फोर्ट वर्थमा आइतबार अच्चमको हत्याको घटना भएको छ । घटनाको प्रारम्भिक जानकारी अनुसार एक चार बर्षीय बालकको गोली हानी हत्या भएको छ । सो हत्या उनका पाँच बर्षीय दाजुबाट भएको बताइएको छ । हत्या मृतकका पाँच बर्षीय सहोदरले गरे वा अन्यले पुष्टि भने हुन सकेको छैन । घटनाबारे प्रहरीको पनि अनुसन्धान जारी छ । घटना भइरहेको बेला मृतककी आमा अर्कै कोठामा सुतिरहेकी थिइन । घटनाबारे प्रहरीले अहिलेसम्म कसैलाईपनि नियन्त्रणमा लिएको छैन । पोर्ट वर्थ प्रहरीका अधिकारी जिम्मी पोलोजानीले घटना निकै दुखद भएको र मृतक चार बर्षीय ट्रथ अलब्राइटलाई अस्पताल पुर्याएपछि मृतक घोषणा गरिएको जानकारी दिएको छ । प्रहरीले लापरवाही तथा दुर्घटनाबस सो घटना भएको वा यसमा अन्य कसैको संलग्नता छ भन्ने बारेमा अनुसन्धान केन्द्रित गरेको जनाएको छ । सो घटनामा अन्य घाइतेहरु नभेटिएको प्रहरीले जनाएको छ ।
टेक्ससको फोर्टवर्थ स्थित घटनास्थल
अमेरिकामा हरेक बर्ष एक हजार सात सय बालबालिका बन्दुकका कारण मारिने गरेको तथ्यांक छ । बालबालिकाको मृत्युको दोस्रो मुल कारण बन्दुक रहेको बताइन्छ ।








प्रतिक्रिया लेख्नुहोस्:-