जाङ्बु शेर्पा–दूरबिन नेपाल
अमेरिका, सेप्टेम्वर २० । अमेरिकामा अब अर्को बर्ष हुने राष्ट्रपति चुनावी रौनक छाईसकेको छ । चुनावी रौनकतासँगै जोडिएर आउने आयस्रोत र खर्चको अनुपात पनि क्रमश सार्वजनिक भइरहेको छ ।
सन् २०२० को निम्ति राष्ट्रपति चुनावी दौडमा रहेका मध्ये रियल क्लियर पोलिटिक्सले पाँच जना मुख्य उम्मेदवारहरुको आयस्रोत सावर्जनिक गरेको छ ।
रियल क्लियरका अुनसार चुनावी अभियानमा रहेका मध्ये वर्तमान राष्ट्रपति डोलाल्ड ट्रम्पको आयस्रोत डेमोक्रेट उम्मेदवारहरूको भन्दा धेरै छ । ट्रम्प ३ दशमलब १ विलियन डलरका साथ चुनावी अभियानको पहिलो नम्वरमा छन् ।
ट्रम्प पछि १२ मिलियन डलरका साथ म्यासेचुसेटका सिनेटर एलिजावेथ वारेन दोस्रो स्थानमा छन् । वारेनले आफ्नो आयस्रोत हार्वड विश्वविद्यालयको अध्यापन तथा लेखन र कन्सल्टेन्सीबाट आर्जन गरेको उल्लेख गरेका छन ।
तेस्रोमा पूर्व उपराष्ट्रपति जो वाइडन रहेका छन । वाइडनको आयस्रोत ९ मिलियन डलर रहेको छ । मध्यम वर्गीय परिवारमा हुर्केका वाइडेनले आफ्नो आर्जन लेखनी र भाषणवाट कमाएको जनाएका छन् ।
वाइडनपछि क्यालिफोर्निया सिनेटर कमला ह्यारिस रहेकी छिन् । पेशाले अधिवत्ता रहेकी ह्यारिसले आफ्नो अधिकांश कमाइ वकालतवाट गरेको वताएकी छिन् । ह्यारिसले सन् २०१४ यता ६ मिलियन डलर आर्जन गरेकी छिन् ।
यस्तै समाजवादी सिनेटर वर्नी सेण्डर्सको कमाई २ दशमलव ५ मिलियन रहेको छ । सेण्डर्सले पुस्तक लेखनबाट सो रकम आर्जन गरेको बताएका छन् ।
एजेन्सको सहयोगमा ।
प्रतिक्रिया लेख्नुहोस्:-