Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जय नेपाल इन्टरनेशनल फाउन्डेसन ग्लोबल यूथ नेटवर्कको घोषणा

अशोज ५, २०८१ ७:३३ मा प्रकाशित
जय नेपाल इन्टरनेशनल फाउन्डेसन ग्लोबल यूथ नेटवर्कको घोषणा
Share on FacebookShare on Twitter

अमेरिका, २० सेप्टेम्बर। जय नेपाल इन्टरनेशनल फाउन्डेसनले वेबिनार मार्फत ग्लोबल युथ नेटवर्कको घोषणा गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको मुख्य आतिथ्यतामा आयोजित कार्यक्रममा मदन राज पौडेलको अध्यक्षतामा गठित ४३ सदस्यीय विश्व युवा संजालको घोषणा गरिएको हो। समितिमा ३० भन्दा बढी देशबाट जुझारु र जोशिला युवाहरू जोडिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अहिले नेपालमा स्वास्थ्य प्राविधिकहरूको एकदमै आवश्यकता रहेको बताउनु भयो। उहाँले स्वास्थ्य बिमा प्रणालीलाई प्रभावकारी बनाउँदै एकद्वार प्रणाली बनाएर लागू गर्ने सरकारको योजना रहेको जनाउनु भयो। उहाँले गाउँबाट बिरामी लिएर एकै पटक काठमाडौँ आउने प्रचलनलाई निरुत्साहित गर्दै रिफर गर्ने प्रणालीलाई प्रभावकारी बनाउन सरकार लागि परेको जनाउनु भयो।
रोग लाग्नु भन्दा अगाडी नै रोकथामको लागि जनचेतना जगाउनु पर्ने भन्दै उहाँले औषधिको मूल्य समायोजन गर्ने काममा सरकार लागि रहेको जानकारी दिनु भयो। उहाँले नवगठित ग्लोबल युथ नेटवर्कका अध्यक्ष तथा पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिनु भयो। उहाँले छोटो समयमै तीव्र गतिमा संसारभर विस्तार भै रहेको जय नेपाल इन्टरनेशनल फाउन्डेशनलाई विदेशमा रहेका नेपालीहरूसँग रहेको सीप, श्रोत र अनुभव नेपालको हितमा प्रयोग गर्न सफलता मिलोस भन्ने शुभकामना दिँदै फाउन्डेशनसंग सहकार्य गर्न सरकार तत्पर रहेको बताउनु भयो।
कार्यक्रमका सभापति तथा जय नेपाल इन्टरनेशनल फाउन्डेसनका केन्द्रीय अध्यक्ष डा यादव पण्डितले यो संस्था सबैसँग मिलेर काम गर्नको लागि स्थापना गरिएको हो, यो सबै संस्थाको सहयोगी संस्था हो भन्नु भयो। उहाँले सकभर नेपालमै युवाहरूलाई रोक्ने,विदेशमा रहेका युवाहरूको सीप नेपालसँग जोड्ने साथै प्रजातान्त्रिक मूल्य मान्यता प्रति आस्थावान वैचारिक रुपमा असल नागरिक तथा सकारात्मक व्यक्ति निर्माण गर्न आफूहरूले प्रयास गरिरहेको जनाउनु भयो। उहाँले संस्थाको आजीवन तथा साधारण सदस्यता लिन पनि सबैलाई अनुरोध गर्नु भयो।
जय नेपाल इन्टर नेशनल फाउन्डेसनका केन्द्रीय प्रवक्ता लाल प्र. काफ्लेले सबै अतिथिहरूलाई स्वागत गरेका थिए। कार्यक्रमको पहिलो चरणमा केन्द्रका महासचिव अग्नि चौंलागाईले संचालन गरी दोस्रो चरणमा युवा समितिका महासचिव नवराज न्यौपानेलाई हस्तान्तरण गर्नु भएको थियो भने युवा समिति गठन गर्नुको उद्देश्य युवा समितिका केन्द्रीय सदस्य तथा एनआरएनए अमेरिकाका युवा उपाध्यक्ष अनुप खनाल ले प्रस्टाउनु भएको थियो। जय नेपाल इन्टर नेशनल फाउन्डेसन ग्लोबल नलेज नेटवर्कका संयोजक डा. निरज श्रेष्ठले नेपालको विकाशका लागि ज्ञान आदान प्रदानका लागि संस्था सदैव तयार रहेको जानकारी गराउनु भयो। जय नेपाल इन्टर नेशनल फाउन्डेसन कार्य समितिको तर्फबाट क्यानडाका अध्यक्ष सुमन वास्कोटाले सबै लाई धन्यवाद दिँदै सबै लाई संस्थासँग जोडिन आव्बाहन गर्नु भएको थियो। नव निर्वाचित कार्यसमितिको तर्फबाट केन्द्रीय सदस्य सिजन दाहालले सबैलाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतम, ,जय नेपाल फाउन्डेसन नेपालका अध्यक्ष बद्री अर्याल, पूर्व सांसद बिजुला बर्मा राणा, कोशी प्रदेशका निर्वतमान मुख्य मन्त्री केदार कार्की, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व अध्यक्षहरू डा केशव पौडेल, बुद्धि सागर सुबेदी, पूर्व उपाध्यक्ष दिलु पराजुली, पूर्व महासचिव अन्जन कुमार चौलागाईं, वर्तमान महासचिव रामहरि अधिकारी, वर्तमान तथा पूर्व कार्यसमितिका सदस्यहरू, गैर आवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सिता सापकोटा, ने . वि. संघ का पूर्व महामन्त्री मनोजमणि आर्चाय, पूर्व प्रदेश सांसद बिजुला बर्मा राना, सुरेश राज त्रिपाठी महामन्त्री नेपाली जनसम्पर्क समिति साउदी अरब तथा महासमिति सदस्य, राम शरण हुमागाईँ (भर्जिनिया ) नेका महाधिवेशन प्रतिनिधि अमेरिका, प्रेम न्यौपाने पूर्व सचिव ,नेपाल पत्रकार महासंघ नवलपुर (पूर्वी नवलपरासी), विष्णु बहादुर क्षेत्री काँग्रेस माहाधिबेशन प्रतिनिधि कास्की ३, प्रेस युनियन नेपालका अध्यक्ष शिव लम्साल, समाज टाइम्सका सम्पादक विष्णु हरी घिमिरे फाउन्डेसनका संस्थापक विश्व बराल, फाउनडेशनका केन्द्रीय कोशाध्यक्ष गोविन्द श्रेष्ठ, एनआरएनए आइसिसीका पूर्व उपाध्यक्ष दुर्गा आचार्य, एनआरएनए क्यानडाका पूर्व अध्यक्ष दीपक गौतम, जन सम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङ्ग ,क्यानडा जन सम्पर्क समितिका अध्यक्ष बुद्धि प्रकाश ओली, एनआरएन बेल्जियम का अध्यक्ष सिता सापकोटा, राजनैतिक विश्लेषक शंकर तिवारी , नेका युवा नेता सुदिप मोहन भट्टराई, फाउन्डेसनका केन्द्रीय सदस्यहरू, च्याप्टर पदाधिकारी लगायतको उपस्थिति थियो।

ग्लोबल युथ नेटवर्कको नयाँ कार्यसमिति
मदन राज पौडेल (अष्ट्रेलिया) को अध्यक्षतामा गठित ग्लोबल युथ नेटवर्कमा नवराज न्यौपाने (अमेरिका) महासचिव हुनु हुन्छ । त्यस्तै सदस्यहरुमा अनुप खनाल (अमेरिका), बिमला सापकोटा (क्यानडा), सिजन दाहाल (जर्मनी), महेन्द्र बस्नेत (अमेरिका), विनोद मरासिनी (पोर्चुगल), कुशल पौडेल (जापान), विनोद थापा (मलेसिया), अन्जु मल्ल ठकुरी (बेल्जियम), आविष्कार बास्तोला (नर्वे), वैकुण्ठ सिग्देल (अष्ट्रेलिया), बालकृष्ण दाहाल (बेलायत), बलराम तामाङ (चीन), विद्या बराल (नेपाल), विनय अधिकारी (स्पेन), विनोद बास्तोला ( दक्षिण कोरिया), विनोद गुरुङ (क्यानडा), दिपजंग शाही ठकुरी (कतार), दीपेश राज घिमिरे (चीन), हरि बिसी (माल्टा), हरि खड्का (युएई), होमनाथ गिरी (कुवेत), कृष्ण गिरी (डेनमार्क), लाल प्रसाद पाण्डे (भारत), मनीषा रानाभाट (नेपाल), नवीन कटुवाल (नेपाल), नारायण भण्डारी (क्याम्बोडिया), निश्चल चापागाईँ (अमेरिका), फुर्बा तामाङ (डेनमार्क), प्रशान्त गुरुङ (हंगकंग), पुष्पराज सुवेदी (अमेरिका), रंजन राज कुँवर (दक्षिण कोरिया), रवि अर्याल (आयरल्यान्ड), सुलभ हमाल ठकुरी (न्यु जिल्यान्ड), सुरेश राज त्रिपाठी (साउदी अरेबिया), सुस्विन वाग्ले (अष्ट्रेलिया), सुशील पोखरेल (फिनल्यान्ड), साइमोन मुडभरि (अष्ट्रेलिया), उज्ज्वल बज्राचार्य (नेपाल), उपेन पौडेल (बेलायत), युवराज उप्रेती (मकाउ) र रिता शाही (नेपाल) हुनु हुन्छ ।

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result