न्यूयोर्क, ५ असोज : संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री इमरान खान न्यूयोर्क आइपुगेका छन् । उनी साउदीका युवराज मोहम्मद बिन सल्मानको “विशेष विमान”मा शनिबार न्यूयोर्क आइपुगेका हुन् ।
न्युयोर्क उत्रिए लगतै पाक प्रधानमन्त्री खान विभिन्न भेटघाटमा व्यस्त बनेका छन् । उनले काश्मिर मुद्दालाई विषेश जोड दिएको भ्रमणमा सँगै रहेका पाकिस्तानी सरकारी अधिकारीहरुले जनाएका छन् ।
न्युयोर्क पुगेपछि पत्रकारहरुसँग कुरा गर्दै पाकिस्तानका विदेश मन्त्री शाह मेहमुद कुरेशीले विदेशी नेताहरुसँगको भेटका क्रममा प्रधानमन्त्री खानले काश्मिर मामिलालाई प्राथमिकता दिने बताए ।
प्रधानमन्त्री खानको यो भ्रमण सात दिने रहेको पनि उनले जानकारी दिए । न्यूयोर्क आउनुअघि प्रधानमन्त्री खान साउदी अरब गएका थिए । साउदी अरबको दुई दिने भ्रमणपछि त्यतैबाट खान साउदी युवराजको विमानबाट न्यूयोर्क आएका हुन् ।
दुवै मुस्लिम राष्ट्रका युवराज र प्रधानमन्त्री बीच काश्मिर क्षेत्रका मुस्लिम समुदायका बारेमा छलफल भएको अधिकारीहरुले जनाएका छन् ।
उनीहरुले राष्ट्रसंघको महासभामा पनि काश्मिरका बारेमा कुरा उठाउने बताएका छन् । खानले यही सेप्टेम्बर २७ तारिखका दिन महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
(रासस-एएनआई)
फोटो : ट्वीटरबाट
प्रतिक्रिया लेख्नुहोस्:-