Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रपति ट्रम्प राष्ट्रसंघतर्फ प्रस्थान, अमेरिकी कार्यसूचीहरु अलपत्र

अशोज ५, २०७६ १:३५ मा प्रकाशित
अमेरिकी राष्ट्रपति ट्रम्पलाई अदालतको झटकाः माग्यो आठ बर्षदेखिको कर विवरण
Share on FacebookShare on Twitter

वासिङ्टन, ५ असोज  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संयुक्त राष्ट्रसंघ महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भएदेखि नै सुल्झन बाँकी रहेका अनगिन्ती विदेश नीतिहरुको सूची राष्ट्रपति ट्रम्पसँग अझै छन् ।

 

इरान, उत्तर कोरिया, अफगानी तालिबान, इजरायल र प्यालेस्टाइनका मुद्दाहरु ज्युँकात्युँ छन् । व्यापार सम्झौताका कतिपय विषयहरु टेबलमा अलपत्र छन् । केही व्यापार सम्झौता होलान् कि भन्ने देखिए पनि कतिपय अबरुद्ध भएर थन्किएका छन् ।

 

राष्ट्रपति ट्रम्पले पटकपटक यी सम्झौताहरु तत्कालै गर्न आफूलाई हतारो नभएको बताउन थाल्नुभएको छ । हो मध्यस्थता गर्न समय अवश्य लाग्छ । उहाँ राष्ट्रपतिको कुर्सीमा रहनुभएको पनि तीन वर्ष भइसक्यो र सन् २०२० को चुनाव संघारमै आइपुगेको छ ।

 

विगतमा रिपब्लीकन र डेमोक्र्याट पार्टीका राष्ट्रपतिसँग काम गरिसक्नुभएका पूर्व विदेशमन्त्री निकोलस बन्र्स यतिधेरै सम्झौता हुन नसक्नुमा राष्ट्रपतिलाई मात्र दोष दिने ठाउँ नरहेको बताउनुहुन्छ ।

राष्ट्रपति ट्रम्प चीनका व्यापार नीतिमाथि खरो रुपमा प्रस्तुत हुनुभएको छ र यो ट्रम्पको स्वागतयोग्य कदम रहेको बन्र्सको भनाई छ । अफगानिस्तानमा विगत १८ वर्षदेखि जारी युद्ध अन्त्यका लागि अमेरिकी प्रशासन तालिबानसँग वार्तारत छ ।

 

“तर पनि ट्रम्पले झण्डै तीन वर्षको अवधिमा एउटा पनि विदेश मामिला मुद्दा सुल्झाउन वा निर्णय दिन सक्नुभएको छैन,” बन्र्सले भन्नुभयो ।

 

ट्रम्पका आलोचकहरुले सफलता बेगर नै राष्ट्रसंघमा उपस्थित हुँदा उहाँको कमजोर अवस्थालाई नै दर्शाउने बताएका छन् । केही विदेश मामिला विज्ञहरुले केही मुद्दामा अन्तर्राष्ट्रिय मध्यस्थता शुरु हुनु पनि ठूलो कुरा रहेको जनाएका छन् । एक दिन विदेशी नेतामाथि कटु आलोचना गर्ने र अर्को दिन वार्तामा बस्ने ट्रम्प नीतिका कारण सबैजसो रनभुल्लमा परेको उनीहरुको बुझाई छ ।

 

तर राष्ट्रपति ट्रम्पको भनाई छ, “सौदाबाजी गर्ने यो मेरो शैली हो । यसले वर्षौंदेखि मलाई राम्रै फाइदा दिएको छ, र मुलुकलाई पनि फाइदा पुगेको छ ।”

 

राष्ट्रपति ट्रम्पको “अमेरिका पहिलो” मन्त्रले राष्ट्रसंघका यसअघिका महासभामा खासै प्रभाव सिर्जना गर्न सकेनन् । अहिले, अमेरिका र इरानबीच जारी द्वन्द्वका सन्दर्भमा तेहरानमाथि दबाब सिर्जना गर्न राष्ट्रपति ट्रम्पलाई अन्तर्राष्ट्रिय सहयोग चाहिएको छ ।

(रासस÷एपी)
––

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result