Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

“खाडी क्षेत्रको सुरक्षा हामी गर्छौं,” इरान

अशोज ५, २०७६ १:५८ मा प्रकाशित
“खाडी क्षेत्रको सुरक्षा हामी गर्छौं,” इरान

In this photo released by the official website of the office of the Iranian Presidency, President Hassan Rouhani speaks at a military parade marking 39th anniversary of outset of Iran-Iraq war, in front of the shrine of the late revolutionary founder Ayatollah Khomeini, just outside Tehran, Iran, Sunday, Sept. 22, 2019. Chief of the General Staff of the Armed Forces Gen. Mohammad Hossein Bagheri stands at left. (Iranian Presidency Office via AP)

Share on FacebookShare on Twitter

तेहरान, ५ असोज – इरानी राष्ट्रपति हसन रौहानीले रणनीतिक महत्वको पर्सियाली जलक्षेत्रको सुरक्षामा इरानले नेतृत्वदायी भूमिका निर्वाह गर्ने आइतबार बताउनुभएको छ । तेहरानमा आयोजित सैनिक परेड कार्यक्रममा उहाँले पर्सियाली जलक्षेत्रमा अमेरिकी सैनिक प्रभाव बढ्दै गएकामा आलोचना गर्नुभयो ।

 

संयुक्तराज्य अमेरिकाले आफ्ना गठबन्धन अरब राष्ट्रहरुको सहयोगका लागि भन्दै खाडी क्षेत्रमा आधुनिक उपकरण सहित थप सैनिक तैनाथ गर्ने घोषणा गरेसँगै इरानको यस्तो प्रतिक्रिया आएको हो ।

विश्व तेल बजारमै हलचल ल्याउने गरी साउदी अरेबियाका दुई वटा तेल प्रशोधन केन्द्रहरुमा मानवविहीन (ड्रोन) बिमानबाट भएका हमलामा इरानको संलग्नता रहेको अमेरिकी दाबी छ । तर उक्त आक्रमणको जिम्मेवारी यमनमा युद्धरत हुथी विद्रोहीले लिएका छन् ।

 

इरानले भने अमेरिकी आरोपको खण्डन गर्नुका साथै अमेरिका वा साउदी अरेबियाबाट इरान विरुद्ध कुनै कारबाही भए त्यस विरुद्ध लड्न इरान तयार रहेको बताएको छ ।

 

राष्ट्रपति रौहानीले खाडी क्षेत्रमा विदेशी सैनिकको उपस्थिति रहँदासम्म विश्वको “ऊर्जा सुरक्षा”मा समस्या आइरहने चेतावनी दिनुभयो । उहाँले पर्सियाली जलक्षेत्र र हर्मुज स्ट्रेटमा सुरक्षा सुदृढ गर्ने गरी यस क्षेत्रका अरु मुलुकहरुसँग मित्रता र भातृत्वको सम्बन्ध अझ बलियो बनाउन इरान सदैब तयार रहेको बताउनुभयो । हर्मुज स्ट्रेटको बाटो हुँदै विश्वको कूल कच्चातेल निकासीको झण्डै पाँच भागको एक भाग निकासी हुने गर्दछ ।

 

संयुक्तराज्य अमेरिकाले साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्समा अमेरिकी सैनिकको संख्या र उपकरण बढाउने निर्णय गरिसकेको छ । यो व्यवस्थाबाट पर्सियाली जलक्षेत्र र महत्वपूर्ण तेल व्यापार मार्गमा अमेरिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ जसमा युएई, साउदी अरेबिया, बहराइन, बेलायत र अस्ट्रेलियाको मुख्य गठबन्धन बनेको छ ।

 

तेहरानमा आयोजित सैनिक परेड इराकसँगको आठ वर्षे युद्धको ३९औं वर्षगाँठ पनि हो । यो युद्ध इराकी नेता सद्दाम हुसेनले सन् १९८० मा इरानमा आक्रमण गरेपछि शुरु भएको थियो ।

 

यसै किसिमका सैनिक परेडहरु देशका अरु शहरमा पनि आयोजना भएका छन् । परेडहरुमा इरानी सैनिक डुङ्गाहरु, प्रतिरक्षा तथा अरु सैनिक उपकरणहरु प्रदर्शन गरिएका छन् ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको केही घण्टा नबित्दै अरब क्षेत्रमा अमेरिकी सैनिक संख्या बढाउने निर्णय सार्वजनिक भएको हो । अमेरिकाले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रहरुमा इरानले ड्रोन मार्फत आक्रमण गरेको आरोप लगाउँदै आएको छ ।

 

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको केन्द्रीय बैंकमाथि नै प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको छ । इरानमाथि तत्कालै सैन्य कारबाही गर्ने योजना नभए पनि अर्को मुलुक विरुद्ध यो सबैभन्दा ठूलो कारबाही हो ।

 

अमेरिकी अर्थ विभागले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रमा गरिएको आक्रमणमा संलग्न रहेको भन्दै इरानी केन्द्रीय बैंकमाथि नै सख्त प्रतिबन्धको घोषणा गरिएको जनाएको छ । साउदी तेल उद्योगमा आक्रमण भएलगत्तै विश्व बजारमा एकाएक तेलको मूल्य वृद्धि भएको थियो ।

 

अमेरिकी रक्षामन्त्री मार्क एस्परले गत जुनमा इरानले अमेरिकी गुप्तचर ड्रोन खसालेयताका हरेक कार्यहरु अमेरिका र यसका गठबन्धन विरुद्ध केन्द्रित भएको बताउनुभयो । उहाँले साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्सको आग्रहमा खाडी क्षेत्रमा थप अमेरिकी फौज पठाउन लागेको जानकारी दिनुभयो ।

 

रक्षामन्त्री एस्परले अमेरिकी सेना आक्रामक कारबाहीका लागि खाडी क्षेत्रमा पठाउन लागिएको भए पनि उनीहरु हाल मुख्य रुपमा हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षामा केन्द्रित हुने बताउनुभयो ।

 

तर अमेरिकी संयुक्त सैन्य प्रमुख जो डन्फोर्डले खाडी क्षेत्रमा पठाइने सैनिक संख्या एक हजारको हाराहारीमा मात्र रहने स्पष्ट गर्नुभयो । कतिपयले राष्ट्रपति ट्रम्पले इरान विरुद्ध युद्ध नै शुरु गर्ने अनुमान गरेपनि अमेरिकी नीति एकाएक फेरिएको थियो ।

 

गत जुनमा इरानले अमेरिकी जासुसी ड्रोन खसालेपछि तत्काल इरान विरुद्ध कारबाही गर्न राष्ट्रपति ट्रम्पले आदेश दिए पनि अन्तिम क्षणमा उक्त आदेश फिर्ता लिनुभएको थियो ।

(रासस-एपी)

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result