काठमांडौं । अमेरिका लगायत ११ देशका राजदूतलाई नेपाल सरकारले फिर्ता बोलाएको छ । सोमबार बसको मन्त्रीपरिषद्को बैठकले अमेरिका, बेलायत, भारत, जापान, चीन,बङ्गलादेश, मलेशिया, स्पेन, इजरायल , कतार र दक्षिण अफ्रिका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
फिर्ता बोलाइएका अधिकांश राजदूत पूर्व प्रधानमन्त्री के पी ओलीले नियुक्त गरेका थिए । ओलीको नियुक्तिलाई उल्ट्याउँदै सरकारले अमेरिकाबाट डाक्टर युवराज खतिवडा, भारतबाट निलमवर आचार्य, चीनबाट महेन्द्र बहादुर पाण्डे, बेलायतबाट लोक दर्शन रेग्मी लगायत ११ जना राजदूतहरू यसै महिना फिर्ता हुन पत्राचार गर्ने भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-