काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी समानुपातिक प्रणाली कसैले पनि हटाउन नसक्ने बताएका छन् ।
उनले आइतबार संविधान दिवसका अवसरमा कांग्रेस महिला विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले समावेशी समानुपातिक प्रणालीबाट कुनै पनि अवस्थामा मुलुक पछि हट्न नसक्ने औंल्याए ।
मुलुकको निर्वाचन प्रणालीका कारण कसैको बहुमत आउन नसक्ने देखिए पनि आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउने गरी तयारी गर्नुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-