Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शनिबार शैलीसँगै सयौंले मिशन पीक हाइकिंग गर्ने

अशोज ७, २०७९ ९:२१ मा प्रकाशित
शनिबार शैलीसँगै सयौंले मिशन पीक हाइकिंग गर्ने

तस्बिर : सावित्री पन्त

Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को । सेभेन पीक समिटर एवं स्टयाण्ड अप कमेडियन शैली बस्नेतको सम्मानमा बे एरियामा रहेको नेपाली भाषा कक्षा र लेट्स हाइक ग्रुपले शनिवार बिहान ‘शैली बस्नेतसँग मिशन पीक हाइक’ कार्यक्रमको आयोजना गरेको छ । सो हाइकिंग कार्यक्रममा सयौं नेपाली नेपालीहरु सहभागी हुने बताइएको छ । फ्रिमण्टको ओलोनी कलेजबाट शुरु हुने उक्त हाइकिंग मिशन पीकमा पुगेर समापन हुने छ । हाइकिंग लगभग तीन घण्टाको हुने बताइएको छ ।

कार्यक्रमको संयोजन गरेकी भाषा कक्षाका शिक्षिका सावित्री पन्तका अनुसार केही हप्ता अघि शैली बस्नेतले नेपाली भाषा कक्षामा नेपाली बालबालिकाहरुलाई गरेको सम्धबोनको कारण यो कार्यक्रमको आयोजना गरिएको हो । ‘शैलीजीले कसरी सगरमाथााको शिखर चढ्नुभयो अनि कसरी सबै महादेशका अग्ला हिमालहरु चढ्नुभयो भन्ने कुरा सुनाउँदा हाम्रा नानीबाबुहरु एकदमै एक्साइटेड भए त्यसकारण मैले उहाँलाई अनुरोध गरेर एउटा फिल्डट्रिप जस्तो गरौं न भनेर प्रस्ताव गरेकी हुँ, पन्तले भनिन, उहाँले ओके गरेपछि हामी सबै जोडिएका हौं, यो हमी सबैको साझा कार्यक्रम हो’।

तस्बिर : सावित्री पन्त

पन्तका अनुसार अमेरिकामा रहेका नेपाली बालबालिकाले शैली बस्नेतवाट धेरै कुरा सिक्न र जान्न सक्ने भएकाले पनि बालवालिकालाई थप उत्साहित बनाउन यो हाइकिंगको आयोजना गरिएको हो । विगत ५ वर्षदेखि नियमित जसो मिशन पीक हाइक गर्दै आएकी सावित्री पन्त यस्तो कार्यक्रमले नेपालीहरुलाई नियमित हिँडडुल गर्न सहयोग र प्रेरणा दिने बताउँछिन् ।

नेपाली भाषा कक्षाका प्रिन्सिपल डा. शम्भु घिमिरे पनि शैली बस्नेतसँगको हाइकिंग विशेषतः नेपाली बालवालिकाको लागि सिक्ने अवसर हुने बताउँछन् । ‘शैलीजीसँग नेपाली भाषा कक्षामा बालबालिकाहरुले धेरै प्रश्नहरु सोधे, वास्तवमा उनीहरु शैलीजीलाई आफैं भेट्न र कुराकानी गर्न चाहन्थे, त्यो पुरा हुने भयो’ घिमिरेले दूरविनसँगको कुराकानीमा भने, शैलीजी हामी सबैका लागि प्रेरणाको श्रोत हो ।
आज शुक्रबारसम्म झण्डै तीन सयको हाराहारीमा अभिभावक एवं बालबालिकाले हाईकिंगको लागि इच्छा देखाएको पन्तले बताइन्। आगामी अक्टोवर ८ मा हुने माउण्ट एभरेष्ट डायरिजमा सहभागी हुन सबैलाई आह्वान गर्ने उनले बताइन् । उक्त कमेडी शो को लागि पनि मिशन पीक हाइकिंग प्रभावकारी हुन्छ भन्ने हाम्रो विश्वास छ पन्तले भनिन् ।

तस्बिर : सावित्री पन्त

यसैवीच, शैली बस्नेतको आगामी अक्टोवर ८ मा हुने माउण्ट एभरेष्ट डायरिज कमेडी शो कार्यक्रमलाई सफल बनाउन बे एरियाका नेपाली समुदाय सकृय भएको छ । ‘पहिलो पटक नेपालीको स्यानफ्रान्सिस्कोमा यस्तो ऐतिहासिक कार्यक्रम हुदैछ, हामीले यसलाई सफल बनाउनपर्छ,’ मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले भने

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result