Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

इरानी राष्ट्रपतिसँगको भेटघाट टुङ्गो लागेको छैन– ट्रम्प

अशोज ७, २०७६ १०:५९ मा प्रकाशित
इरानी राष्ट्रपतिसँगको भेटघाट टुङ्गो लागेको छैन– ट्रम्प

French President Emmanuel Macron (L) and Iranian President Hassan Rouhani speak after a meeting at the United Nations headquarters on September 23, 2019, in New York. (Photo by LUDOVIC MARIN / AFP)

Share on FacebookShare on Twitter

संयुक्तराष्ट्र संघ, ७ असोज  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी साता संयुक्तराष्ट्र संघ महासभाको बैठकका क्रममा इरानी राष्ट्रपतिसँग भेटघाट हुन सक्ने सम्भावना रहेको बताउनुभएको छ । तर उहाँले भेटघाटको औपचारिक कार्यक्रम अझैसम्म तय भइनसकेको जानकारी दिनुभयो ।

 

संयुक्तराष्ट्र महासभाको बैठकस्थल न्यूयोर्कमा दुबै नेताबीच भेटवार्ता हुने सम्भावनाका बारेमा विभिन्न अड्कलबाजी भइरहेका छन् । फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याँक्रोले दुबै नेताबीच वार्ता गराउन प्रयास जारी राख्नुभएको छ ।

 

साउदी अरेबियाका दुईवटा तेल प्रशोधन केन्द्रमा आक्रमण भएपछि इरानी र अमेरिकी राष्ट्रपतिबीचको भेटवार्ता लगभग टुङ्गिएको थियो । अमेरिकाले साउदीमा भएका आक्रमणहरु इरानले गरेको आरोप लगाउँदै आएको छ, तर इरानले भने अमेरिकी आरोप सत्य नभएको दाबी गर्दै आएको छ ।

राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आफूले इरानी नेतालाई भेट्न चाहेको बताउनुभयो । “तर, अहिलेसम्म कुनै समयतालिकाका बारेमा छलफल भएको छैन ।”

सोमबार फ्रान्सेली राष्ट्रपति म्याँक्रोले राष्ट्रपति ट्रम्पसँग अनौपचारिक परामर्श गरेपछि त्यही साँझ इरानी नेता रौहानीसँग झण्डै ९० मिनेट वार्ता गर्नुभएको थियो ।

फ्रान्सेली राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा दुबै मुलुकबीच गतिरोध अन्त्य गर्न त्यति सहज नरहेको तर इरानले पनि आफूलाई सुधार गर्न जरुरी रहेको उल्लेख छ ।

म्याँक्रोले अमेरिकी राष्ट्रपतिलाई मंगलबार पनि भेट्दै हुनुहुन्छ । राष्ट्रपति म्याँक्रोले भन्नुभयो, मैले जतिसक्दो प्रयास गर्नेछु ताकि छलफलका लागि उपयुक्त वातावरण बन्न सकोस् ।

राष्ट्रपति ट्रम्पले भने इरानसँग वार्ता गर्न फ्रान्सको मध्यस्थता जरुरी नरहेको पनि बताउनुभयो । उहाँले इरानी नेताहरुलाई हामीसँग भेटवार्ता गर्न सम्पर्क विन्दुहरु भलिभाँती थाहा छ भन्नुभयो ।

(रासस-एएफपी)

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result